मोर्चालाई प्रभावकारी बनाउन मधेश केन्द्रित ८ दलले बनाए कार्यदल, कुन पार्टीबाट को ? (भिडिओ)

काठमाडौं । मधेश केन्द्रित आठ दलले आगामी दिनमा सहकार्य, मोर्चालाई कसिलो बनाउन कार्यदल गठन गरेको छ।

आज सिंहदरबारमा बसेको बैठकले सबै दलबाट एक एक जना सदस्य रहनेगरी कार्यदल बनाएको जसपा नेपालका प्रवक्ता मनिष सुमनले बताए।

उनका अनुसार कार्यदलमा जसपाबाट, इस्तियाक राई, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा, जनता प्रगतिशीलबाट शिवजि यादव र तमलोपाबाट ब्रजेस सिंह रहेका छन्।

कार्यदलले ८ दलीय सहकार्य बनाउने, आगामी बैठकको संयोजन गर्ने, दस्तावेज लेख्नेलगायतको काममा केन्द्रित हुने बताए। संविधान संशोधन, निर्वाचन ऐन संशोधन लगायतको बिषय सरकारले अघि बढाएपछि समान विचार राख्ने दलहरु एकैठाउँमा आएको बताए।

Comments

One response to “मोर्चालाई प्रभावकारी बनाउन मधेश केन्द्रित ८ दलले बनाए कार्यदल, कुन पार्टीबाट को ? (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    पहिला मिलेर लुटे, पछि ठूलो भाग खान फुटेर लुटे । अब मिलेर लुट भनेर मालिकले दिएको आदेश पालना गर्न जम्मा हुँदैछन् यी । यिनको काम विशुद्वरूपमा सके देशै लुटने नभए पनि मधेश प्रदेशलाई लुटेर ध्वस्त बनाउने हो । यी लुटेरा, दलालहरूलाई मधेशका जनताले चिनिसके । अब जतिवटा मोर्चा बनाए पनि मधेशका जनता यिनको पछि लाग्ने छैनन र लाग्नु पनि हुँदैन । फुट्दा लुटन कम भएकाले बढी लुटन जुटन खोजेका हुन् । दिल्लीले चुच्चे नक्सा पछि लात हानेका यीनलाई फेरि दिल्लीले नै जुटाउदैछ । पछिल्लो समय माओवादी कमजोर भयो , काँग्रेसले समेत दिल्लीले भनेको मानेन । त्यसपछि अहिले दिल्ली यिनै पुराना फटाहाहरूलाई मनाउन खोजिरहेको छ । यी भित्र केही राम्रा पनि छन् । ती चाहिँ अन्तिमसम्ममा यो झुण्डलाई छोडदछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *