प्रेस चौतारी कपिलवस्तुको अध्यक्षमा रायमाझी सर्वसम्मत

रुपन्देही । प्रेस चौतारी कपिलवस्तुको अध्यक्षमा बाबुराम रायमाझी सर्वसम्मत निर्वाचित भएका छन् ।

८औं जिल्ला अधिवेशनबाट रायमाझी सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

कमिटीको उपाध्यक्षमा कुलराज भुसाल, महिला उपाध्यक्षमा सरस्वती पौडेल, सचिवमा सजिव गहतराज, सहसचिवमा राम अवतार चौधरी, अजय मिश्रा, कोषाध्यक्षमा अनुपम पौडेल निर्वाचित भएका छन् भने कार्यसमिति सदस्यहरुमा लक्ष्मण सापकोटा, सुसिल गैरे, कृष्ण पौडेल, सागर विक, विपना पौडेल र कोपिला पौडेल निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष रायमाझीले संगठनमा सबैलाई मिलाएर जाने प्रतिवद्धता जनाएका छन् । उनले सबैलाई सक्रिय रुपमा क्रिशाशिल बनाउँदै संगठनलाई थप सुदृढ बनाउने जिकिर समेत गरेका छन् ।

अधिवेशनबाट केन्द्रीय प्रतिनिधिहरुमा जानु पाण्डे र भेषराज पाण्डे निर्वाचित भएका छन् भने प्रदेश प्रतिनिधिहरू गिता अर्याल, रामबहादुर गन्धर्व र अजय मिश्र निर्वाचित भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *