ललितपुर । प्रेस चौतारी नेपाल ललितपुर जिल्लाले जिल्लामा स्थापित क्रियाशील पत्रकारिता पुरस्कारबाट नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेललाई सम्मानित गरेको छ ।
ललितपुरको कुमारीपाटीमा विहीवार आयोजित चौतारीको छैटौंं जिल्ला अधिवेशनको अवसरमा प्रधान सम्पादक पौडेल र अर्का पत्रकार विष्णु कल्पित घिमिरेलाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
कल्पित अल जजिरालगायत अन्तर्राष्ट्रिय टेलिभिजनहरुमा स्वतन्त्र पत्रकारका रुपमा कार्यरत छन् । नेकपा एमालेका कार्यवाहक महासचिव समेत रहेका पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पौडेल र कल्पितलाई सम्मानपत्रसहित पुरस्कार प्रदान गरेका हुन् ।
प्रेस चौतारी ललितपुरका अध्यक्ष बालमुकुन्द आचार्यले व्यवसायिक पत्रकारितामार्फत योगदान गर्ने बरिष्ठ पत्रकारहरुलाई सम्मान गर्ने र पत्रकारितामै संलग्न व्यक्तिमात्र संगठनको र महासंघको सदस्य हुनुपर्छ भन्ने मानक बनाउन यस्तो पुरस्कार स्थापना गरिएको बताए ।


Leave a Reply