पूर्व सांसद साहद्वारा जसपा नेपालको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग

काठमाडौं । सर्लाही क्षेत्र न.१ पूर्व सांसद प्रमोद साह पार्टी परित्याग गरेका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गर्दै जसपा नेपालको केन्द्रिय सदस्य, संगठन बिभाग र पार्टीको सधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

२७ वर्षको मधेश केन्द्रित राजनीतिको लामो यात्रा पश्चात् पहिलो पल्ट राजीनामा दिएको उनले बताएका छन् ।

उनले पार्टी अध्यक्षमाथि विभिन्न आरोप समेत लगाएका छन् । जसपा नेपालको महाधिवेशनमा केन्द्रीय अध्यक्षले आफनो मन पर्ने व्यक्तिहरुलाई पदाधिकारी एवं कार्यकारिणीमा नियुक्त गरिँदा सर्लाहीबाट कोही नअटाएको उनले गुनासो गरे ।

उनले विज्ञप्तिमा भनेका छन्,‘यसै वर्ष अषाढमा जनता समाजवादी पार्टी नेपालको जनकपुरधाममा भएको महाधिवेशन हुँदा आफू पनि सचिव पदको उम्मेदवारी गरेको थिए तर पार्टी नेतृत्वको कारण चुनाव हुन सकेन र सवै अधिकार केन्द्रिय अध्यक्षमा निहित गरियो ।तत पश्चात् केन्द्रिय अध्यक्ष ज्युबाट आफ्नो मन पर्ने व्यक्तिहरुलाई पदाधिकारी एवं कार्यकारिणीमा नियुक्त गरियो । सर्लाही जिल्ला यी पदहरुबाट वञ्चित रहयो अर्थात हामी कतै अटाएनौं । यो कुराको विरुद्धमा म बोल्दै रहे । यसले गर्दा सर्लाही जिल्लाको संगठन विस्तारको कार्य अबरुद्ध हुँदै गयो ।जसको बारेमा केन्द्रिय अध्यक्ष,प्रदेश अध्यक्ष एवं प्रदेश इन्चार्जहरु समेतलाई बारम्बार जानकारी गराउँदै रहे तर पनि कुनै किसिमको सुनवाइ भएन साथै मधेश राजनीतिको मूलभूत सिद्धान्त मुल्य मान्यतालाई समेत बिर्सदै गएको हुँदा आज मिति २०८१/१०/१७ गते बाट आफुले सम्हाल्दै आएको केन्द्रिय सदस्य, संगठन बिभाग र पार्टीको सधारण सदस्य समेतबाट २७ वर्षको मधेश केन्द्रित राजनीतिको लामो यात्रा पश्चात् पहिलो पल्ट राजीनामा गर्दछु ।’

Comments

One response to “पूर्व सांसद साहद्वारा जसपा नेपालको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग”

  1. RK Avatar
    RK

    अब आफै अध्यक्ष बन्ने अनि अरुलाई सदस्य बनाउने !

Leave a Reply

Your email address will not be published. Required fields are marked *