अखिल क्रान्तिकारीका ९ उपमहासचिवमा अधिकांश जनार्दन पक्षका निर्वाचित, विपिन र निर्मलालाई सर्वाधिक मत

काठमाडौं । अखिल (क्रान्तिकारी)को उपमहासचिवको निर्वाचन परिणाम सार्वजनिक भएको छ । भर्खरै सार्वजनिक मत परिणाम अनुसार भौगोलिक ७ प्रदेश र गैर भौगोलिक २ प्रदेश गरेर ९ प्रदेशबाट ९ जना उपमहासचिवमा निर्वाचित हुदाँ एक जना महिला पनि उपमहासचिवमा निर्वाचित भएका छन् ।

९ जनामा ८ जना पुरुष उपमहासचिवमा निर्वाचित हुदाँ बागमती प्रदेशबाट निर्मला गौतम निर्वाचित भएकी छन् । उनले उपमहासचिवमा सर्वाधिक दोस्रो मत प्राप्त गरेकी छन् । गौतम ८०३ मत ल्याएर विजयी भएकी हुन् ।

उपमहासचिवमा कोशी प्रदेशबाट विपिन पोखरेल सर्वाधिक मत ८३१ मत, मधेश प्रदेशबाट गजेन्द्र यादव ४०७ मत, गण्डकी प्रदेशबाट भगवान बास्तोला ७६९ मत, लुम्बिनी प्रदेशबाट रेशम अधिकारी ६२८ मत, कर्णाली प्रदेशबाट प्रकाश अधिकारी ६०४ मत र सुदूपरिश्चम प्रदेशबाट रामचन्द्र भट्ट ३९९ मत सहित निर्वाचित भएका छन् ।

गैर भौगोलिकतर्फ उपत्यका विशेष प्रदेशबाट निरोज श्रेष्ठ ४०६ मत, विश्वविद्यालय प्रदेशबाट जटिल कार्की ६४८ निर्वाचित भएका छन् ।

उपत्यका विशेष प्रदेशबाट उपमहासचिवमा निर्वाचित श्रेष्ठ नेकपा (माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष नारायणीकाजी श्रेष्ठ निकट रहेको उपेदश यादव नेतृत्वको प्यानलबाट उम्मेदवार थिए ।

भौगोलिक र गैर भौगोलिक गरेर ९ प्रदेशबाट निर्वाचित उपमहासचिवमा अधिकांश नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा नजिकका उम्मेदवार निर्वाचित भएका छन् ।

Comments

One response to “अखिल क्रान्तिकारीका ९ उपमहासचिवमा अधिकांश जनार्दन पक्षका निर्वाचित, विपिन र निर्मलालाई सर्वाधिक मत”

  1. ksp pyl Avatar
    ksp pyl

    जनार्दनलाई प्रचण्डले अब तेल लगाउन शुरू गर्छन अन्यथा आफ्नो ४० वर्षदेखिको विरासत खोसिने पक्काजस्तै देखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *