सामाजिक संजालको कुप्रचारबाट आजित प्रधानमन्त्री भन्छन्- अब त रिस उठ्न पनि छाड्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने दोहोर्याएका छन्। नेपाल बार एशोसिएशनको पहिलो युवा कानुन व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै आफूले थाहा पाएजति ठाउँमा भ्रष्टाचार गर्न नदिने बताए।

उनले भने, ‘भ्रष्टाचार कहाँ छ कहाँ छैन भन्ने ? कसको सम्बन्धमा कुरा गर्दा कसलाई धक्का पर्ला। यो पनि समस्या छ। त्यसैले भ्रष्टाचार नियन्त्रण गर्नेपर्छ। अहिलेको सरकारको नेतृत्व मैले गरेको छु, म भ्रष्टाचार गर्दिनँ, मैले थाहा पाएसम्म जानेबुझेसम्म भ्रष्टाचार गर्न दिन्नँ। कहाँ कहाँ भएको छ छ फेरि थाहा पाएत हो। थाहा पाएसम्म हुन दिन्न भए नियन्त्रण गर्छु। यो स्टन्टबाजीबाट होइन।’

उनले सामाजिक सञ्जालमा आफ्नो श्रीमतीको स्वीजरल्याण्डको बैंकमा ४१ करोड डलर रहेको भन्दै प्रचार गरेकोप्रति आपत्ति जनाए।

उनले भने, ‘हिजो बिहान उठेर फेशबुक खोलेको एकजना हिन्दीमा बोलिरहेको रहेछ नेपालको प्रधानमन्त्री केपी ओलीकी पत्नी राधिका शाक्यको स्वीजरल्याण्डको बैंकमा ४१ करोड डलर, यस्तो सुन्दा रिस उठ्नुपर्ने, अब त रिस उठ्न पनि छोड्यो।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *