माधव र विप्लवलाई प्रचण्डले भने- सकेसम्म छिटो एकताको पक्षमै छु तर हतार गर्दा नेकपाजस्तै दुर्घटना हुन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चालाई पार्टी एकताको तहसम्मे लैजाने प्रयास जारी राख्नुपर्ने बताएका छन्।

समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै हतारोमा एकता गर्ने पक्षमा भने नरहेको बताए।

उनले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई लक्षित गर्दै भने, ‘कहिलेकाहीँ कामरेडहरुले मलाई ताकेर नै प्रचण्डले नै अरुची गर्‍यो कि क्या हो एकतामा भन्ने गर्नुभएको छ। त्यो सत्य होइन। बरु म छिटो पार्टी एकता गरौँ भन्नेवाला हुँ, नगरौँ भन्नेवाला होइन।’

हालै बसेको विप्लव नेतृत्वको नेकपाले प्रचण्डकै कारणले एकतको सम्भावना टर्दै गएको निष्कर्ष निकालेको थियो।

उनले कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवजी नेपालको कुरार्ला समर्थन जनाउँदै विचारमा एउटा सीमासम्म एकरुपता नहुँदै, राजनीतिक मुद्दाहरुमा एकरुपता नहुँदै हतारोमा एकता गर्ने पक्षमा पनि नरहेको बताए।

उनले तत्कालिन नेकपाको उदाहरण दिँदै तीतो अनुभवले राम्रो पाठ सिकाएको बताए। उनले थपे, हामीले नेकपा गठन गरेकै हो। तर, त्यसले त झन नराम्रो परिणाम निस्कियो। झन् निराशा बनायो।

उनले अहिले समाजवादी मोर्चालाई नै सुदृढ गर्दै लैजाने पक्षमा रहेको बताए।

उनले थपे, ‘सकेसम्म छिटो फेरि ढिलो गर्ने भन्ने होइन है माधवजी विचार र राजनीतिक मुद्दाहरुमा पनि समझदारी कायम गर्ने र संगठनात्मक सिद्दान्तमा पनि एकरुपता कायम राख्ने कुरामा हाम्रोे ध्यान जानुपर्छ। तपाईंहरुले माओवादी केन्द्र र प्रचण्ड ध्रुवीकरण र एकताको पक्षमा छैन भन्ने कुरा छैन।’

Comments

One response to “माधव र विप्लवलाई प्रचण्डले भने- सकेसम्म छिटो एकताको पक्षमै छु तर हतार गर्दा नेकपाजस्तै दुर्घटना हुन्छ”

  1. ksp pyl Avatar
    ksp pyl

    मोर्चा हरायो ? प्रधानमन्त्री खान र टिक्न मोर्चा, एकता, कम्फर्टेवल, चाईना कार्ड जस्ता बोली बोलिरहनुपर्छ प्रचण्डलाई । के गर्नु मालिकले यस्तै सिकाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *