प्रचण्डलाई ओलीको जवाफ- गठबन्धन सरकार मंसिरमा ढल्छ, तर २०८४ सालको चुनावपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै सरकार २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने जवाफ दिएका छन् ।

एमालेका अध्यक्षसमेत रहेका ओलीले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अस्थिरता मच्चाउन खोज्नेहरुले सरकार ढल्छ भनेर प्रचार गरेको बताए ।

प्रचण्डले पछिल्लो समय हरेकजसो भाषणमा सरकार ढल्न लागेको बताउँदै आएका छन् । त्यसतर्फ लक्षित गर्दै उनले भने, ‘सरकार ढल्छ भनेर मिति तोकेका तोकै छन्, यो सरकार ढल्छ २०८४ को निर्वाचनपछि ढल्छ । २०८४ को निर्वाचनमा के परिणाम आएपछि कसरी जान्छ भन्ने हुन्छ । सरकार मंसिरमा ढल्छ, तर मान्छेहरुले अस्ति गएको मंसिर बुझेछन् । २०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ ।’

प्रधानमन्त्री ओलीले आफू र आफ्नो श्रीमतीको नाममा स्वीस बैंकमा पैसा राखेको छ भनेर प्रचार गरेकोप्रति असन्तुष्टिसमेत जनाए ।

उनले पार्टीका सांसदहरुलाई सत्यतथ्यमा आधारित भएर बहस गर्न निर्देशन दिँदै संसदको पहिलो बैठकमै सरकारले ल्याएको अध्यादेश पेस गर्ने जानकारी गराए ।

Comments

One response to “प्रचण्डलाई ओलीको जवाफ- गठबन्धन सरकार मंसिरमा ढल्छ, तर २०८४ सालको चुनावपछि”

  1. ksp pyl Avatar
    ksp pyl

    सरकार अहिले ढल्छ, भरे ढल्छ, मसान्तमा ढल्छ, दशैं कटदैन, तिहारमा त पक्का, १०० दिनपछि ढल्छ, आफैं ढल्छ, हामी ढाल्छौं, ६ महिना कटदैन, भारतले ओलिलाई बोलाएनन त्यसैले अब ढल्छ आदि आदि । आजभोलि मुख्यत प्रचण्ड, माओवादी , प्रभु साह, समाजवादीका केही नेताहरूको दैनिक भजन नै यहि भैरहेको छ । जसले ओलि सरकार ढल्छ, ढलोस भन्छ त्यो विदेशीको र विशेषत: भारतको दलाल हो । दलालको काम पैसा खाने र मालिकको काम गर्ने हो । नेपालमा ओलिजस्तो नेता कोही छ ? ओलि बाहेक अरूले केही गर्न सक्छ ? एक राष्ट्रको चंकुलबाट देशलाई बाहिर ल्याउन,देशमा विकास गर्न ओलि बाहेक अरू नेता नै छैनन । जसले ओलिको चर्को विरोध गर्छ त्यो सबैभन्दा ठूलो र मुख्य दलाल हो । यश अनुसार अहिले नेपालमा भारतको सबैभन्दा ठूलो दलाली प्रचण्डबाट भैरहेको देखिन्छ । त्यसपछि समाजवादीका केही नेता, त्यसपछि प्रभू साह, दुर्गा प्रसाई आदि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *