काठमाडौंबाट धनुषा आएको बसमा यात्रु मृत फेला, बस प्रहरी नियन्त्रणमा

जनकपुरधाम । काठमाडौंबाट धनुषा आएको नाइट बसमा एक यात्रु मृत फेला परेका छन् ।

आज बिहान लालगढ आइपुगेको मधेश प्र ०४ ख ०१५७ नम्बरको बसमा भारतीय यात्रु मृत फेला परेको हो । प्रहरीका अनुसार उक्त बसमा भारतको मधुवनी जिल्ला सिम्री टोलका ७० वर्षीय जगदीश यादव मृत फेला परेका हुन् ।

लालगढमा यात्रुहरु शौचालय गर्न ओर्लिएपछि उनलाई मृत अवस्थामा देखेका थिए । ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले यात्रु यादवको मृत्यु कसरी भएको खुल्न नसकको बताए ।

उनले बस नियन्त्रणमा लिएको र घटनाबारे अन्य यात्रु तथा बसका चालकसँग सोधपुछ गरिरहेको बताए । उनका अनुसार मृतकको स्वास्थ्य परीक्षणपछि मात्र मृत्युको कारण खुल्न सक्छ ।

मृतक यादव काठमाडौंबाट जटहीका लागि बस चढेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *