पोखरा । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा पोखराबाट एक जना ट्याक्सी ड्राइभर पक्राउ परेका छन् ।
पोखरा–बागलुङ राजमार्गको पोखरा महानगरपालिका वडा नम्बर २५ हेम्जास्थित बास्कोटाचोकबाट आइतबार दिउसो ‘जँड्याहा’ ट्याक्सी ड्राइभर पक्राउ परेका हुन् ।
‘हेम्जाको बासकोटा चोकमा ट्राफिक चेकजाँचको क्रममा घान्द्रुकबाट पोखरा तर्फ आउँदै गरेको ग१ज ५१५८ नम्बरको ट्याक्सी चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको फेला पारी नियन्त्रणमा लिइएको” जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
पक्राउ परेका ट्याक्सी ड्राइभरको नाम भने ट्राफिक प्रहरीले खुलाएको छैन। तर उनलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बगरमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Leave a Reply