विप्लवको कृषि व्यापार केन्द्रको उद्घाटन, मार्सी चामलको प्रतिकिलो २३० रुपैयाँ

काठमाडौं । आज काठमाडौंमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कृषि व्यापार केन्द्र उद्घाटन गरेको छ । देशभरका ७१ स्थानमा केन्द्र उद्घाटन पार्टीले काठमाडौं बुढानिलकण्ठमा ’सी व्यापार केन्द्र’ स्थापना गरेको हो ।विप्लब आफै उपस्थित भएको उद्घाटन समारोहमा प्रमुख अतिथि सहित अरु अतिथिहरुमा नेपालका एमाले बाहेकका विभिन्न कम्युनिस्ट पार्टीका नेताहरु सहभागी थिए ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव कुमार नेपालद्वारा उदघाटन गरिएको सो कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर, नेपाल समाजवादीका सहअध्यक्ष गंगा नारायण श्रेष्ठ, नेकपाका अध्यक्ष ऋषि कट्टेललगायत विभिन्न व्यत्तित्वहरुको उपस्थिति रहेको छ देशका विभिन्न स्थानमा विप्लबको पार्टीले कृषि उत्पादक तथा श्रम गरिरहेको छ । पार्टीले कृषि नेकपाका कृषि उत्पादनहरु यही ’सी व्यापार सेन्टर’मा उपलब्ध हुनेछन् ।

कृषि केन्द्रमा जुम्लाको एक किलो मार्सीको दाम २३० रुपैयाँ राखिको छ भने प्रति किलो बागलुङको टिमुर, चितवनको तोरी, गुल्मीको बेसारको दाम क्रमशः १८०, १५० र ३०० रुपैयाँ राखिएको छ । विचौलियाको दबदबा अन्त्य तथा आफैले आफ्नै उत्पादन उपभोक्ता लाई सहज र सस्तो पुर्याउन केन्द्र खोलिएको विप्लबको पार्टीका अन्तरराष्ट्रिय विभाग सचिव खगेन्द्र सीले नेपाल प्रेसलाई जानकारी दिए।

Comments

One response to “विप्लवको कृषि व्यापार केन्द्रको उद्घाटन, मार्सी चामलको प्रतिकिलो २३० रुपैयाँ”

  1. samir Avatar
    samir

    सी रे!
    के हो यो?
    सबै नेपालीले बहिष्कार गरौं 🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *