सोमबारको शेयर कारोबारः नेप्से १०.६१ अंकले घट्यो, ८ अर्ब ९२ करोडको कारोबार 

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १०.६१ अंकले घटेर २ हजार ६ सय ३३ दशमलव ३२ विन्दुमा बन्द भएको हो ।

नेप्सेका अनुसार आज ८ अर्ब ९२ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा १०५ कम्पनीको शेयर मूल्य बढ्दा १२९ को घटेको छ भने ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आजको कारोबारमा चार कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।  न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दा जानकी फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ प्रतिशतले बढेका छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.४६ प्रतिशतले घटेको छ । आज सिन्धु विकास बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज २९ करोड ८३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *