काठमाडौं । आगामी चैत्र ७ गते देखि ११ सम्म काठमाडौंमा आयोजना हुने आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत चलचित्र ‘सानो संसार’ छानिएको छ ।
आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले माघ २ गते ७० देशका ६०० भन्दा बढी चलचित्रबाट ४० देशका ८७ चलचित्र महोत्सवका लागि छानिएको सार्वजनिक गरेको थियो ।
छानिएकामध्ये नेपाली फिचर फिल्म प्रतिस्पर्धामा छानिएको चलचित्र ‘भुठान’का निर्माताहरुले सबैलाई जानकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि सो चलचित्रलाई महोत्सवबाट हटाइएको थियो ।
उक्त चलचित्रलाई हटाएपछि त्यसको सट्टामा अर्को चलचित्रलाई समावेश गर्न सकिने हुनाले इच्छुक चलचित्रकर्मीहरूलाई आवेदनको लागि आयोजकले सामाजिक सञ्जाल मार्फत आह्वान गरेको थियो ।
त्यसपछि प्राप्त चलचित्रहरू मध्यबाट ‘सानो संसार’ छानिएको आयोजकले यही विज्ञप्ति मार्फत जनाएको छ ।

Leave a Reply