राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना, आजै उद्घाटन गरिने 

काठमाडौं । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गरेको छ । सहकारी संस्थाहरूको नियमनका लागि सरकारले प्राधिकरण स्थापना गरेको हो ।

सरकारले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत सहकारी क्षेत्रको सुधारका लागि ललितपुरको पुल्चोकमा प्राधिकरणको कार्यालय स्थापना गरेको छ । यस प्राधिकरणले संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्नेछ ।

सरकारले प्राधिकरणको अध्यक्षमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेललाई नियुक्त गरेको छ । यस कार्यालयको उद्घाटन आजै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गर्ने भएका छन् ।

Comments

One response to “राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना, आजै उद्घाटन गरिने ”

  1. khem aryal Avatar
    khem aryal

    यसको अध्यक्षमा> ख प्र ओली
    उपाध्यक्षमाहरु> देव कु. नेपाली ईच्छाराज तामाङ ऋषिकेष पोखरेल
    सचिवमा> अन्जला कोइराला मैशे बस्नेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *