शंकर भण्डारीको आरोप- कांग्रेस बैठकमा विदेशी एजेन्टले तालिम दिए

काठमाडौं । सत्तारुढ घटक नेपाली कांग्रेस संसदीय दलको बैठकमा अध्यादेशबारे प्रशिक्षण दिन विज्ञका रूपमा गएकाहरूको योग्यतामाथि प्रश्न उठेको छ ।

सांसद एवं पूर्वमन्त्री शंकर भण्डारीले यस विषयमा प्रश्न गरेका हुन् । भण्डारीले बीआरआई कार्यान्वयन सम्झौता गराउन सत्ता गठबन्धनको सहयोगीका रूपमा काम गरेका अधिवक्ता सेमन्त दाहालतर्फ लक्षित गरेको बताइएको छ ।

विदेशी एजेन्टहरूले सांसदलाई तालिम दिनु गम्भीर चिन्ता र शंकाको विषय भएको भन्दै उनको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक सांसदले भने । भण्डारीले भनेका थिए  ‘संसदीय दलको बैठकमा विदेशी एजेन्ट हावी भए, यो ठीक होइन ।’

‘सभापतिजी जनआन्दोलनका कमाण्डर किसुनजीले पार्टी छाडेको इतिहास छ । यो बैठक सञ्जालन प्रक्रिया देखेर मलाई गम्भीर बनायो । जनताले जिताएरै पठाए त्यो नै सर्वोत्कृष्ट उत्तीर्ण हो तर यहाँ कुन विधाको मान्छे पढाइरहेको छ ?’, भण्डारीले बैठकमा प्रश्न गरेका थिए ।

महामन्त्री गगन थापाले सचिवालयमा काम गरिरहेका दाहाललाई संसदीय दलको बैठकमा एनजीओको गोष्ठी जसरी विज्ञको रूपमा उभ्याएको भन्दै उनले आपत्ति जनाएका थिए ।

त्यस्तै स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सल्लाहकार प्रताप पौडेलले पनि पार्टी बैठकमा नेतालाई पढाउने गरेको भन्दै उनले प्रश्न गरेका थिए ।

Comments

3 responses to “शंकर भण्डारीको आरोप- कांग्रेस बैठकमा विदेशी एजेन्टले तालिम दिए”

  1. हरी बहादुर Avatar
    हरी बहादुर

    आफू केही नजान्ने , शीर्षनेताले ताली बजाउने बेला भयो है भनेपछि ताली बजाउने लन्ठु सांसदहरुलाई पढालेखा मान्छेले पढायो त के भो ?

  2. ksp pyl Avatar
    ksp pyl

    काँग्रेस हो नै विदेशीको एजेण्ट र लुटेराहरूको पार्टी ।

    1. Vir Gorkhali Avatar
      Vir Gorkhali

      You are right in this matter!

Leave a Reply

Your email address will not be published. Required fields are marked *