काठमाडौं । विभिन्न सेवाका २० जना शाखा अधिकृत सम्बन्धित सेवा तथा समूहतर्फको उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
जसमा सबैभन्दा बढी शिक्षा सेवाको नौ जना र बाँकी विभिन्न सेवातर्फका ११ जना गरेर २० जना बढुवाका लागि सिफारिस भएका हुन् ।
बढुवा सूची अनुसार कार्यक्षमताको आधारमा बढुवा समितिको बैठकले नेपाल शिक्षा सेवाको शिक्षा प्रशासन समूहतर्फका ८ जना शाखा अधिकृत सोहि सेवा तथा समूहतर्फको उपसचिवमा बढुवा भएका हुन् ।
बढुवा हुनेमा पहिलो नम्बरमा हरि राउत, दोस्रो नम्बरमा कर्णबहादुर बुढाथोकी, तेस्रो नम्बरमा राजनकुमार गेलाल, चौथो नम्बरमा मोहनबहादुर सुनुवार, पाचौँ नम्बरमा जानुका गुरागाईँ, छैटौ नम्बरमा शालिग्राम दाहाल, सातौ नम्बरमा इन्दिरा खड्का र आठौ नम्बरमा भवानीप्रसाद कट्टेल रहेका छन् ।
उनीहरु सबैलाई बढुवा समितिले शतप्रतिशत १०० अंक नै दिएको छ । यति मात्रै नभएर बढुवाका लागि दरखास्त कायम भएका ५८ जनामा ४६ जनालाई नै शतप्रतिशत अंक दिइएको छ । ८ जना बढुवाका लागि ६६ जनाले दरखास्त दिएकोमा ५८ जनाको दरखास्त कायम भएको थियो ।
कार्यक्षमताकै आधारमा नेपाल शिक्षा सेवाकै पुरातत्व समूह तथा पुरातत्व उपसमूहतर्फका शाखा अधिकृत देवेन्द्र भट्टराई सोहि सेवा, समूह तथा उपसमूहतर्फको उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवाका लागि ३ जनाले दरखास्त दिएको तीनै जना उम्मेदवार कायम भएका थिए ।
कार्यक्षमताकै आधारमा नेपाल लेखापरीक्षण सेवातर्फ ३ जना शाखा अधिकृत सोहि सेवातर्फको उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । जसमा पहिलो नम्बरमा छेत्रबहादुर थापा, दोस्रो नम्बरमा कृष्णशरण कार्की र तेस्रो नम्बरमा प्रसादु कार्की रहेका छन् । रिक्त ३ पदका लागि १० जनाले दरखास्त दिएकोमा ८ जनाको दरखास्त कायम भएको थियो ।
नेपाल विविध सेवातर्फका ३ जना शाखा अधिकृत पनि सोहि सेवातर्फको उपसचिव सरहको सूचना प्रविधि निर्देशक पदमा बढुवाका लागि सिफारिस भएका छन् । जसमा पहिलो नम्बरमा थानेश्वरप्रसाद पनेरु, दोस्रो नम्बरमा सुनिलकुमार केसी र तेस्रो नम्बरमा मो.रहीम अन्सारी रहेका छन् । रिक्त ३ पदका लागि १५ जनाले दरखास्त दिएकोमा ११ जनाको उम्मेदवारी कायम भएको थियो ।
नेपाल कृषि सेवातर्फका ४ जना शाखा अधिकृत पनि कार्यक्षमताको आधारमा सोहि सेवातर्फको सम्बन्धित समूहतर्फको उपसचिवमा बढुवा भएका छन् । जसमा नेपाल कृषि सेवातर्फको भेटेनरी समूहतर्फका सुस्मिता गौतम र मञ्जु महर्जन तथा नेपाल कृषि सेवाकै लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेण्ट समूहतर्फका खिमानन्द खनाल र श्यामकृष्ण तिवारी बढुवा भएका हुन् ।
यस्तै नेपाल वन सेवाको नेशनल पार्कस एण्ड वाइल्ड लाइफ समूहतर्फका शाखा अधिकृत भुपेन्द्रप्रसाद यादव र विश्वबाबु श्रेष्ठ कार्यक्षमताको आधारमा सम्बन्धित सेवा तथा समूहतर्फको उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

Leave a Reply