काठमाडौं । आर्थिक मिडिया सञ्चालकहरूको साझा संस्था इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) को अध्यक्षमा रामराजा श्रेष्ठ पुन: चयन भएका छन् ।
संस्थाको ७ औं वार्षिक साधारण सभाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मतिमा पुनः चयन गरेको हो । उनी बिजखबर डट कमबाट प्रतिनिधित्व गर्दै संस्थाको अध्यक्षमा चयन भएका हुन् ।
त्यस्तै, संस्थाको उपाध्यक्षमा इक्वीटी नेपाल डट कमका लोचन खतिवडा र टक्सार म्यागजिनका हिम बिष्ट चयन भएका हुन् । संस्थाको महासचिवमा सिंहदरबार डट कमका नारायण पौडेल दोहोरिएका छन् ।
सचिवमा अर्थपथ डट कमबाट विष्णु तारुके, कोषाध्यक्षमा इन्स्योरेन्स खबर डटकमका केशव भण्डारी, सहसचिवमा आर्थिक आवाज डट कमका सुरेन्द्र पौडेल चयन भएका छन् ।
संस्थाको सदस्यहरूमा अर्थ संसार डट कमका प्रतिनिधित्व मिलन खड्का, आर्थिक पार्टी डट कमका मदन लामिछाने, मेरो अटो डट कमका उज्वल घिमिरे र हाम्रो अर्थ डट कमका दीपक भट्ट सर्वसम्मत चयन भएका छन् । आगामी २ वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
संस्थाको पहिलो कार्यसमिति बैठकले अनुशासन समितिको संयोजकमा न्यूज एजेन्सी नेपालका सविन धमलालाई चयन गरेको छ । आचार संहिता समितिको संयोजकमा आर्थिक भ्वाइस डटकमका बिजय फुयाँलललाई चयन गरेको हो ।

Leave a Reply