राप्रपाको १५ बुँदे निर्णय, नवीन समझदारीका लागि सबै पक्षलाई आह्वान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठकले १५ बुँदे विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । तीन दिनसम्म चलेको बैठकले राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरु लिएको हो ।

सात बुँदे सहमतिमार्फत गठन भएको एमाले–कांग्रेसको गठबन्धन सरकार आफ्नो उद्देश्यबाट च्युत भएको राप्रपाले निस्कर्ष निकालेको छ ।

देशको विद्यमान परिस्थितिमा आमूल परिवर्तन ल्याउन राजादेखि सबै राजनीतिक पक्ष र शक्तिहरु अटाउने, कसैलाई निषेध नगर्ने नयाँ राजनीतिक व्यवस्थाका लागि नवीन समझदारीको अपरिहार्यतामा राप्रपाले पुन जोड दिएको छ ।

देशको अवस्थालाई दृष्टिगत गर्दै सबै राजनीतिक दल र सम्बद्ध पक्षहरुलाई नवीन समझदारीका लागि अग्रसर हुन र छलफल प्रारम्भ गर्न वैठकले आह्वान गरेको छ ।

राप्रपाले आफ्नो राजनीतिक एजेण्डा र जनजीविकाका पक्षमा आगामी दिनमा सडक र सदनमा सशक्त र प्रभावकारी ढंगबाट प्रस्तुत हुने वैठकको निर्णयमा उल्लेख छ ।

राप्रपाले आफ्ना मूल राजनीतिक एजेण्डा, नेपाल सरकारसमक्ष पेश गरेको ४० बुँदे माग र जनजीविकाका सवालहरुलाई लिएर विरोधसभाका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसका लागि फागुन महिनामा प्रदेश र जिल्ला तहमा विरोध प्रदर्शन र जागरण सभा हुनेछ भने चैत महिनामा काठमाडौं केन्द्रीत कार्यक्रम गर्ने निर्णय भएको छ । काठमाडौं केन्द्रीत कार्यक्रमको स्वरुप पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तय गर्नेछ ।

Comments

One response to “राप्रपाको १५ बुँदे निर्णय, नवीन समझदारीका लागि सबै पक्षलाई आह्वान”

  1. samir Avatar
    samir

    सजिलो खबर लेखेको फोटो छ त समाचारमा !😅
    के पारा हो नेपाल प्रेस?!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *