रुपन्देही अदालतले मागेको धरौटीमा रवि पक्ष असन्तुष्ट, पुनरावेदनको तयारी

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रुपन्देही जिल्ला अदालतले एक करोड धरौटी माग्यो । यसअघि दुई अदालतले मागेको भन्दा यो उच्च रकम हो ।

स्रोतका अनुसार एकपछि अर्को अदालतले धरौटी माग्दा लामिछाने असन्तुष्टि बनेका छन् । पहिलोपटक धरौटीमा छुटेपछि उनले ‘न्याय नमरेको’ प्रतिक्रिया दिएका थिए । तर, रुपन्देहीसम्म आइपुग्दा रवि र उनका समर्थकहरु आदेशप्रति खुशी देखिएनन् ।

रास्वपाका सहकोषाध्यक्ष दिपक बोहोराले अहिले मागिएको धरौटी न्यायीक नभएको बताए । यसविरुद्ध पुनरावेदन जाने तयारी रहेको उनको भनाइ छ ।

बोहेराले भने, ‘अहिलेको धरौटी न्यायिक छैन । धरौटीविरुद्ध उच्च अदालत जाने तयारी हुनेछ । अहिलेको आदेश कार्यान्वयन गरेर अर्को अदालतमा जाने हो । तत्काललाई बैंक ग्यारेन्टी बुझाएर थुनामुक्त हुने विकल्प छैन ।’

रविविरुद्ध चितवन र पर्सामा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । अहिलेसम्म मुद्दा दर्ता भने भएको छैन ।

बोहोराले भने, ‘यो मुद्दा फौजदारीमा जान सक्थ्यो, तर त्यो रवि लामिछानेमाथि होइन गोर्खा मिडियाविरुद्ध हुनसक्थ्यो । प्रतिशोधका आधारमा रविमाथि मुद्दा लगाइयो ।’

Comments

2 responses to “रुपन्देही अदालतले मागेको धरौटीमा रवि पक्ष असन्तुष्ट, पुनरावेदनको तयारी”

  1. Janak Chaudhary Avatar
    Janak Chaudhary

    नेपाल प्रेसले किन मधुरो स्वर गरेको ? अरू भन्दा पृथक भाषा देखियो त । भगेँरे अक्षरमा एक् करोड धराैटी मागेकोमा असन्तुष्टि मूल शिर्षक किन ?

  2. बिकास गिरी Avatar

    यस्ता मुद्दामा थुनामा नराखेर अदालतले धरौटी माग्दिनु नै पक्षको लागि ठूलो उपलब्धि हो । आम प्रचलन बिपरित अस्ति- अस्ति कस्टडिमा नराखी घरमा पठाउँदा गज्जव भो, न्याय भो भन्नेले अब अन्याय भो भन्नू बेकार छ । न्यायाधीशले लिगल ग्राउन्ड हेर्छन्, भाषण र शक्ति होईन भन्ने बुझ्न ढिला भो कि क्या हो त !

Leave a Reply

Your email address will not be published. Required fields are marked *