रविले एक करोड धरौटी बैंक ग्यारेन्टीमार्फत आजै बुझाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीले मागेको एक करोड धरौटी आजै बुझाउने तयारी गरेका छन् । एक करोड बैंक ग्यारेन्टीका लागि प्रक्रिया सुरु भइसकेको स्रोतले बतायो ।

रविले यसअघि कास्की जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतमा पनि बैंक ग्यारेन्टी पेश गरेका थिए । दुवै अदालतमा प्रभू बैंक ग्यारेन्टी बसेको थियो । रुपन्देहीमा पनि प्रभू बैंक नै ग्यारेन्टी बस्न लागेको स्रोतको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *