विद्युतीय व्यापार विधेयक संसदीय समितिबाट पारित, अब बस्ने संसद बैठकमा पेश हुने

काठमाडौं । ‘विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ संसदीय समितिबाट पारित भएको छ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आईतवार बसेको बैठकले उक्त विधेयकलाई समितिबाट सर्वसम्मतबाट पारित गरेको हो ।

समितिले लामो समय विधेयकका विषयमा छलफल गरी समितिले बनाएको अन्तिम मस्यौदाको विषयमा उद्योग, कानून र सञ्चार मन्त्रालयसँगको छलफलपछि विधेयक समितिबाट पारित गरेको समितिका सभापति अब्दुल खानले बताए ।

उनले सबैको सर्वसम्मतीले विधेयक पारित भएको समितकिो आइतबारको बैष्ठकमा घोषणा गरेका हुन् । समितिबाट पारित भएको विधेयक संसदमा पेश गरिने समिति सभापति खानले बताए ।

आइतबारको समिति बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० महत्वपूर्ण र नयाँ विधेयक बन्नु खुसीको विषय भएको बताए ।

उनले नयाँ ऐन समिति र संसदबाट पारित गराउनु समिति र सरकारको पूँजी भएको भन्दै ऐनलाई कार्यान्वयन गर्ने विधि र कार्यविधि बनाउन जरुरी रहेकोमो जोड दिए ।

विधेयकले मध्यस्थकर्ता, उत्पादक र बिक्रेतालाई व्यवसायीको रुपमा लिएको छ । विधेयकले अरुको उत्पादनलाई अनलाइन माध्ययमबाट व्यापार गर्ने व्यवस्था गरेको छ ।

‘विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ राष्ट्रियसभाबाट २०८० मंसिर १६ मा पारित भएर प्रतिनिधिसभा हुँदै समितिमा आएको थियो ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *