ट्राफिक सचेतनामा ललितपुर महानगरको साथ (भिडिओ)

काठमाडौं । ललितपुर महानगरपालिकाले साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरेको छ ।

आइतबार ललितपुरमा विशेष कार्यक्रमको आयोजना गर्दै महानगरले ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा साप्ताहिक ट्राफिक सचेना कार्यक्रम शुभारम्भ गरेको हो ।

सडक सुरक्षाका लागि जनचेतना फैलाउने र ट्राफिक नियम पालना गराउने उद्देश्यको साथ साप्ताहिक ट्राफिक सचेना कार्यक्रमको शुभारम्भ गरिएको ललितपुर महानगरका प्रमुख चिरीबाबु मर्हजनले बताए ।

ललितपुर महानगरभित्र रहेका स्मार्ट ट्राफिक लाइट २४ सै घण्टा सञ्चालन हुने बताउँदै महर्जनले स्मार्ट ट्राफिक लाइटको नियम उलंघन गरेको विवरण सिस्टममा रेकर्ड हुने भएकाले नियम कारवाहीको लागि सहज हुने बताए ।

साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत ललितपुरको महानगर प्रहरी, ट्राफिक प्रहरी र स्वयंसेवकहरूले चोक चोकमा बसेर ट्राफिक सचेतना प्रदान गर्ने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *