पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते

फुङ्लिङ । पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् । आन्दोलनकारीतर्फ दुई व्यक्ति घाइते भएको बताइएको छ ।

आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हानेपछि स्थिति तनाबपूर्ण बनेको थियो । प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जनका अनुसार आन्दोलनकारीसँग लुकाइएको हतार रहेको सूचना पाएपछि खोजतलास गर्ने क्रममा विभिन्न सामान बरामद गरिएको हो ।

हिमालयन कन्सट्रक्सनले १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी केवलकार निर्माण योजना अघि बढाएको हो । गत मङ्गलबारदेखि जमिन सम्याउने काम सुरु भएको हो । अहिले अवस्था सामान्य रहेको प्रशासन कार्यालयले जनाएको छ ।

Comments

2 responses to “पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते”

  1. ksp pyl Avatar
    ksp pyl

    कथित पहिचानवादीहरू पश्चिमाका एजेण्ट हुन् । यिनको मुख्य काम भाँडभैलो गर्ने हो । एनजिओको डलर खाएर देशमा पटक पटक अशान्ति र हिंसा मच्चाईरहेका छन् यिनले । गाऊँका सोझा जनतालाई पैसा तिरेर प्रहरीसँग भिडन उक्साएका छन् । गाउँठाउँको विकास यिनलाई चाहिएन । यी ध्वंसकारी हुन् ।

  2. Nagendra Avatar
    Nagendra

    बेलायतमा बसेर पाउण्ड स्टर्लिङ्ग खेलाउने, चर्च धाउनेहरु : नेपालका पुर्बी पहाडमा दुक्ख गरेर बसेका दाजु भाइहरुलाई तिनको जीवन परिवर्तनको बाटो छेक्छन !!
    १. संस्कृतिको जगेर्ना गर्न सांस्कृतिक सम्पदाको संरक्षण, र विस्तार गर्ने हो : रुग्ण, दुक्खी र पछौटे देखिने पर्ने हैन !!
    २.अर्को कुरा सांस्कृतिक सम्पदाहरु समुदायका सम्पति हुन्, तिनलाई बाकि दुनिया सामु चिनाएर आय आर्जनको माध्यम बनाउन सकिन्छ र त्यो गर्नै पर्छ, अन्य मुलुक हरुमा त्यो प्रसस्त अभ्यास देखिन्छ !!
    ३. तर नेपालमा चाहि खै किन हो, के के बहानामा खेल्छन मान्छेहरु र कसरी हुन्छ समुदायलाई अघि बढ्नै नदिने !!
    ४. डलर र युरो खानेहरुको के योगदान छ त्येहाँ उकाली ओर्हाली गर्दै, जुका संग भिडेर ज्यान कटाउनेहरुको जीवन फेरिदिनको लागि ?? अनेक भवितव्य आइपर्छन, बिरामी पर्छन, समयमा साधन नहुँदा सुत्केरी बाटैमा बित्छन : त्यो अवस्था फेर्न पर्दैन ?? त्येहाका मान्छे के भरिया नै भै रहन पर्ने हो ??
    ५. मुक्कुम्लुंग(पाथिभरा) मा हिडेर जानसक्ने, हिडेर जान्छन, नसक्ने जाने कसरी ?? डलर खाएर बिदेशमा बसेकाहरुका छोरा छोरी के हिंडेर पुग्छन त्येहाँ ? यदि नेपालको माया साटेका छन् तिनले भने ती केटाकेटी दर्सन गर्न जान मन गर्लान, जाँदा सजिलै पुग्ने भयो भने जान्छन नि : त्यो राम्रो हैन ?? कि आफ्ना छोरा छोरी बिदेशी डिस्कोमा अनि नेपालमा दाजु भाई पाखा पहरो र खोंचमा भरिया ??
    ६. जान्ने बुझ्ने हुन्छन भनेर बिस्वाश गर्छन बिदेशिएकालाई तर तिनले सधैँ धोखा र झन् धेरै पिडा पाउने बाटो मात्र देखाएको भोग्छन नेपाली दाजुभाइहरुले : यो बन्द गर युरो खाएर नेपालमा यस्तो बिष डकार्नेहरु ले !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *