प्रचण्ड र माधवले सरकारलाई दलाल भनेकोप्रति आपत्ति जनाउँदै वामदेवले भने- पाए अहिले पनि मिल्ने कोसिस छ

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालप्रति असन्तुष्टि जनाएका छन् ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दलाल भनेकोप्रति असन्तुष्टि जनाए ।

एकदेव आलेको ५६औं स्मृति दिवसमा आयोजित कार्यक्रममा उनले प्रचण्ड र माधवलाई लक्षित गर्दै भने, ‘यो सरकार दलाल हो भनेर आलोचना त गर्नुभयो । तपाईं सरकारमा भएको भए के हुन्थ्यो ? तपाईंको पार्टी सरकारमा गएन ? चुनावमा पनि त्यही कांग्रेससित मिलेर, सरकारमा पनि त्यही कांग्रेससित मिलेर, अनि कांग्रेस के हो, कम्युनिष्ट के हो भनेर बखान गर्नुहुन्छ, भत्काउनु हुन्छ । त्यहाँ मिलेर आउनुहुन्छ । पाए अहिले पनि मिल्ने कोसिस छ ।’

नेता गौतमले कम्युनिष्टहरु अब समाजवाद निर्माणमा लाग्नुपर्नेमा जोड दिए ।

Comments

One response to “प्रचण्ड र माधवले सरकारलाई दलाल भनेकोप्रति आपत्ति जनाउँदै वामदेवले भने- पाए अहिले पनि मिल्ने कोसिस छ”

  1. Nepali kanxo Avatar
    Nepali kanxo

    Nepalko communist movement ma prachanda & madhav nepal always vilen in history.

Leave a Reply

Your email address will not be published. Required fields are marked *