अध्यादेशबारे कांग्रेसको प्रष्टीकरण- आर्थिक गतिविधिलाई चलायमान बनाउन ल्याइएको हो (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको बताएको छ । सिंहदरबारमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकमा सरकारको कामबारे मन्त्रीहरुले ब्रिफिङ गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

 

उनले भने, ‘आर्थिक गतिविधिलाई चलायमान गर्न अध्यादेशमार्फत कानून संशोधन गर्न छिटो हुन्छ भन्ने कुरा मन्त्रीहरुले राख्नुभएको छ । संयन्त्रको तर्फबाट पनि ब्रिफिङ भएको छ । त्यसलाई सबैबाट स्वागत भएको छ । त्यो संसदमा तत्कालै प्रस्तुत हुन्छ ।’

उनले थप छलफलको लागि भोलि र पर्सि संसदीय दलको बैठक बोलाइएको पनि बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *