अध्यादेश ल्याउनु अलोकतान्त्रिक होइन: मुख्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले केही राजनीतिक दलले लोकतन्त्रको मूल्य मान्यताकाविरुद्ध बोल्न थालेको बताएका छन् । उनले केही स्थापित मिडियाहरूले समेत लोकतन्त्रको मूल्य मान्यताविरुद्ध प्रचार गरेको बताए ।

प्रेस चौतारी नेपाल मोरङको नवौँ जिल्ला अधिवेशन मा उनले भने, सामाजिक सञ्जाल त छदै छन् एमाले र काङ्ग्रेस बीचको सरकार बनेपछि स्थापित भनिएका मिडियाहरू समेत लोकतन्त्रको मूल्य मान्यता विरुद्ध गएको बताए ।

उनले प्रदेश सरकार आन्तरिक राजश्व सङ्कलन बढाउन लागेको बताए । उनले अहिले सम्मको समयमा अघिल्लो वर्षको यही समयको तुलनामा २५५ राजश्व बढी सङ्कलन भएको बताए ।

उनले अध्यादेश ल्याउनु भनेको अलोकतान्त्रिक नभएको बताए ।

उनले भने, ‘संविधानमा भएको व्यवस्थाका आधारमा सदन नचलेको बेला अध्यादेश ल्याउने हो । अध्यादेश ल्याएको कुरालाई अहिले केही मिडियाहरूले सरकारविरुद्ध अभियान चलाएका छन् । ‘अधिवेशनको अवसरमा पत्रकार महेन्द्र विष्ट पुरस्कृत भएका छन् । उनलाई सालिकराम मञ्जु स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

Comments

One response to “अध्यादेश ल्याउनु अलोकतान्त्रिक होइन: मुख्यमन्त्री”

  1. ksp pyl Avatar
    ksp pyl

    देश र जनताको हितको लागि ल्याउनु अप्रजातान्त्रिक होईन । एमाले फुटाउन ल्याउनु चाहिँ अपराधिक काम थियो । तिनै अपराधीहरू अहिले अध्यादेशको विरोध गरिरहेका छन् । लाज शरम पचेकाहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *