सञ्चारमन्त्रीको दाबी- अस्थिरता चाहनेहरुले सरकार ढल्ने हल्ला चलाए, कांग्रेससँगको सहकार्य ०८४ सम्म जान्छ

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नढल्ने दाबी गरेका छन्। सरकारका प्रवक्ता समेत रहेका गुरूङले यो गठबन्धन ०८४ को चुनावसम्म जाने दाबी गरे।

लमजुङमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, कांग्रेस र एमालेसहित केही साना दलहरुले समर्थन गरेपछि दुई तिहाईको बहुमत छ। त्यसैले यो सरकार आगामी चुनावसम्म सहज ढंगले अगाडि बढ्छ। सरकार फेरिने हल्ला प्रतिपक्ष दलका नेताहरुले कार्यकर्तालाई उत्साह दिनको लागि मात्रै भनेका हुन्।

उनले अस्थिरता चाहनेहरुले सरकार परिवर्तनको हल्ला चलाएको भन्दै ढुक्कसँग चल्ने बताए।

Comments

One response to “सञ्चारमन्त्रीको दाबी- अस्थिरता चाहनेहरुले सरकार ढल्ने हल्ला चलाए, कांग्रेससँगको सहकार्य ०८४ सम्म जान्छ”

  1. ksp pyl Avatar
    ksp pyl

    सरकार जान्छ भन्ने केवल प्रचण्ड हो । उसलाई दिल्लीले त्यही रटान लगाउन लगाएको छ किनकी ओलिले चीनतर्फको पहुँचलाई तिव्र गतिमा बढाईरहेका छन् । नेपाली काँग्रेस भित्र पनि एनपि साउदहरू नेपालको होईन दिल्लीको भाषा बोल्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *