लुम्बिनी प्रदेशले अब जनशक्तिको अभाव भोग्नुपर्ने छैनः मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिद मनोज–झपेन्द्र–सुरेन्द्रको शालिक अनावरण गरेका छन् । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीले सन्धिखर्क नगरपालिका–६ नरपानीमा मनोज–झपेन्द्र–ण्सुरेन्द्र स्मृति पार्क निर्माण गरी शालिक निर्माण गरेको छ ।

मुख्यमन्त्री आचार्यले सहिदको शालिक अनावरण गर्दै परिवर्तन र समानताका लागि दिएको बलिदानीले मुलुकलाई नयाँ गन्तव्यमा लगेको बताए ।

‘मुलुकको विकास र समृद्धिका लागि सहिदहरुले देखेका सपना पूरा गर्न सरकार प्रतिबद्ध छ’ मुख्यमन्त्री आचार्यले भने–‘सहिद पार्क निर्माण गरेर सहिदहरुको योगदानलाई स्मरणीय र पुस्तान्तरण गर्न सहयोग पुगेको छ । समाज र राष्ट्रले सधैं सम्झिरहने छ ।’

सहिदहरुप्रति सच्चा सम्मान र देशभक्तिको भावना जागृत गराउन सरकारले भूमिका बढाएको बताए । सहिद पार्क र सालिक निर्माणबाट सहिदको योगदानलाइ जीवन्त राख्न र नयाँ पुस्तालाई प्रेरणा दिन सकिएको बताएका हुन् ।

लुम्बिनी प्रदेश सरकार जनशक्ति व्यवस्थापनको काममा सफलता प्राप्त गर्ने दिशामा अघि बढेको बताए । प्रदेश निजामती सेवा ऐन र स्थानीय निजामती सेवा ऐनले कर्मचारी व्यवस्थापन, परिचालन र वृत्तिविकासमा योगदान पुगेको उल्लेख गरे ।

प्रदेशमा चार हजार ७८ कर्मचारीको दरबन्दीमध्य एक हजार ९ सय कर्मचारी पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगले आफ्नो काम अघि बढाएकाले अब प्रदेशमा जनशक्तिको अभाव नहुने उनले बताए ।

‘पदपूर्ति र बढुवाको काम अघि बढेको छ । जनशक्तिको समस्या समाधान गर्न सरकार सफल हुदैछ’उनले भने –‘उपसचिवदेखि मुनिका सबै पदमा दरबन्दी पूरा गरेर सेवा प्रवाहलाई गति बढाउछौं ।’

साथै मुख्यमन्त्री आचार्यले चालू आर्थिकवर्षमा प्रदेशबाट बिनियोजन भएका बजेट तथा कार्यक्रमको कार्यान्वयन र अनुगमनलाई स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी तहबाट पनि ध्यान दिन आग्रह गरे ।

निजामती कर्मचारी संगठन अर्घाखाँचीका अध्यक्ष गणेशप्रसाद अधिकारीले संगठनलाई रचनात्मक कामका लागि ध्यान दिएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *