जसपाको केन्द्रीय समिति बैठक वीरगञ्ज सुरु, भावी रणनीति तय गर्ने

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पर्साको वीरगञ्जस्थित पुजन होटलमा केही समयअघिबाट बैठक पार्टीका उप महासचिव प्रदीप यादवले बताए।

बैठकको सुरुआतमा केन्द्रीय सदस्यहरूको सम्मानमा पार्टीका केन्द्रीय सदस्य तथा वीरगंज महानगरका मेयर राजेशमान सिंहले स्वागत मन्तव्य राखे।

बैठकमा विभिन्न राजनीतिक, संगठनात्मक तथा समसामयिक विषयहरूमा गहन छलफल गरिने उनले बताए। बैठकले पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा विशेष ध्यान दिने उनको भनाइ छ।

बैठकमा अध्यक्ष अशोक राई, संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ, सहअध्यक्ष रेणु कुमारी यादव, उपाध्यक्षहरु नवलकिशोर साह सुडी, शुशीला श्रेष्ठ, रन्ध्वज कन्दनवा लिम्बु महासचिव मोहम्मद इश्तियाक राई, सचिव विरेन्द्र महतो र कोषाध्यक्ष रञ्जु झासहित केन्द्रीय सदस्यहरु उपस्थित छन्। उनका अनुसार बैठक भोलिसम्म चल्नेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *