यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा जी.पी. शाह नियुक्त

काठमाडौं । नेपालको खाद्य बजारकै अग्रणी, खाद्य पदार्थ उत्पादक तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगट्न सफल कम्पनी, यशोदा फूड्स प्रा.लि.ले आफ्ना नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जी.पी. शाहलाई नियुक्त गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा वार्षिक टर्नओभर एकसय करोड भन्दा माथि भएको यशोदा फूड्सले भारत, क्यानेडा, अमेरिका, बहराइन, कूवेत, यूएई, जापान, यूके, ईटली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापुर, न्यूजिल्यान्ड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको छ ।

शुक्रबार, काठमाडौँको सोल्टीमोडस्थित हायात सेन्ट्रिकमा एक भव्य सम्मान समारोहको आयोजना गर्दै यशोदा फूड्सले उक्त घोषणा गरेको थियो ।

समारोहमा औद्योगिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, व्यावसायिक साझेदारहरू र मिडिया प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा यशोदा फूड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले खादा र फूलको गुच्छासहित जीपी शाहलाई ग्लोबल कार्यकारी निर्देशक रुपमा सम्मान गर्दै स्वागत गरेका थिए ।

ग्लोबल कार्यकारी निर्देशकको पदमा जीपी शाहको नियुक्तिसँगै यशोदा फूड्सको नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको कम्पनीको भनाई छ । उनले आफ्नो दीर्घ अनुभव र रणनीतिक दृष्टिकोणका माध्यमबाट कम्पनीलाई नयाँ उचाइ प्रदान गर्नेमा कम्पनीले विज्ञप्तिमार्फत विश्वास व्यक्त गरेको छ ।

ग्लोबल कार्यकारी निर्देशकको भूमिकामा, उनले नवीनतम योजनाहरूको नेतृत्व गर्दै, घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा समेत कम्पनीको उपस्थिति अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

ग्लोबल कार्यकारी निर्देशकका रुपमा नियुक्त शाह व्यवसायलाई नयाँ जीवन्तता प्रदान गर्ने, बजार बृद्धि, अन्तर्राष्ट्रिय बजार विस्तार, ब्राण्ड बिल्डिंग, व्यवसायको कार्यगत क्षमताको विस्तार तथा बृद्धि, संस्थागत विकास र टिम बिल्डिङका लागि ख्यातिप्राप्त व्यक्ति हुन् ।

उनको अनुभव तथा विशेषज्ञता प्रडक्शन, ईञ्जिनियरिंग, प्रडक्ट डेभलपमेन्ट, अपरेशन्स, प्रोजेक्ट्स, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेल्स, मार्केटिंग, अन्तर्राष्ट्रिय बजार बिस्तार र ३५ भन्दा बढी देशहरुमा मार्केटिंग तथा एडभरटाइजिंग लगायत रहेका छन् ।

‘यशोदा फूड्ससँग अनुबन्धित हुँदै सफलताको नयाँ रोमाञ्चक यात्राको साझेदार हुन पाउनु मेरो लागि ठूलो सम्मान तथा गौरवको विषय हो । गुणस्तर र नवप्रबद्र्धनका सवालमा सदैव अग्रणी रहँदै आएको यस कम्पनीसँग आफ्नो यात्रा अगाडि बढाउन पाउँदा म निकै उत्साहित छु ।’ समारोहमा आफ्नो मन्तब्य राख्दै शाहले भने, ‘कम्पनीको भिजनलाई आत्मसात गर्दै, कम्पनीलाई थप सफलता र उचाईँमा पुर्याउने म मेरो हार्दिक प्रतिवद्धता व्यक्त गर्दछु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *