काठमाडौं । पुर्पक्षमा जेल चलान भएका झाँक्री प्रकाश भुजेल २ लाख धरौटी तिरेर रिहा भएका छन् ।
उच्च अदालतको पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बिहीबार २ लाख धरौटी तिरेर थुनामुक्त गर्न आदेश दिएपछि शुक्रबार रिहा भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) पूर्णिमाकुमारी चन्दले नेपाल प्रेसलाई जानकारी दिईन ।
काठमाडौँको ब्रम्हखेलमा दुर्घटना गराएका भुजेललाई जिल्ला अदालत काठमाडौंले गत मंसिरमा थुनामा पठाउन आदेश दिएको थियो । गत कात्तिक २८ मा काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा झाँक्रीले चलाएको जिपले ठक्कर दिँदा कागेश्वरी मनोहरा–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो । दुर्घटनापछि झाँक्री पक्राउ परेका थिए ।
झाँक्रीले चलाएको बा.१९ च २६९५ नम्बरको गाडीले नारायण नगरकोटीको दम्पती सवार बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । नगरकोटी दम्पतीको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

Leave a Reply