रुपन्देही । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्थिरताका लागि कांग्रेस-एमालेबीचको संयुक्त सरकार बनेको बताएका छन् ।
सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु पछि बुटवल–गोरुसिंगे सडक बिस्तारका लागि शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले मुलुकलाई स्थिरताको बाटोमा लैजान अहिलेको संयुक्त सरकार बनेको बताए ।
‘विकासको लागि सरकारको स्थायित्व चाहिने रहेछ यो सबैलाई प्रष्ट भयो, कांग्रेसस एमालेको सहकार्य त्यसैका लागि भएको हो’, उनले भने । आगामी २०८४ सालको निर्वाचनसम्मै दुवै दलबीचको समझदारी कायम रहने भन्दै उनले बाहिर चलेका हल्लाजस्तो सत्तारुढ दलबीचमा कुनै समस्या नरहेको बताए ।
उपप्रधानमन्त्री सिंहले सरकारले सुशासन र विकासलाई मूल मुद्दा बनाएर अगाडि बढेको भन्दै यसका लागि सबै क्षेत्रको साथ र सहयोग अपरिहार्य रहेको बताए । उनले हरेक योजनामा जनसहभागिता र अवनत्व जरुरी पर्ने बताए ।
‘योजनामा जनसहभागिता चाहिनेरहेछ, यो हाम्रो योजना हो भनेर स्वीकार्नुपर्ने रहेछ, यसका लागि यो क्षेत्रले त्यो गर्दै आएको छ’, उनले भने ।

Leave a Reply