कांग्रेस र एमाले देश बनाउन मिलेका हौं, आवश्यकता अनुसार ऋण लिनसक्छौं : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको अहिलेको सरकार विकासका लागि बनेको दाबी गरेका छन्। सिद्धबाबा सुुरुङ मार्गको ब्रेकथ्रु  कार्यक्रमका अवसरमा भर्चुअलमाध्यमबाट सम्बोधन गर्दै सरकार स्थायित्व र स्थिरताका लागि बनेको बताए।

उनले भने, ‘यो सरकारले विकासका कामलाई तीव्रताका साथ अगाडि बढाउँछ । अहिले अघिल्लो पटक सुुरु भएका कामहरु अगाडि बढेका छन् । अहिले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारले अत्यन्तै ध्यान दिएर देशको शीघ्र विकास कसरी गर्न सकिन्छ, देशमा सुशासन कसरी ल्याउन सकिन्छ भन्ने कुरामा विशेष रुपमा यसले ध्यान दिइरहेको छ ।’

सरकार जनतालाई सेवा सुविधा कसरी पुर्‍याउन सकिन्छ भन्ने कुरामा केन्द्रित रहेको बताए।

उनले थपे, ‘म सबैलाई आशावादी हुन, हामी बनाउँछौं हाम्रो देश, अरुले बनाउने होइन, हामीले आफैँ बनाउँछौं, हामी अरुको पनि सहयोग लिन सक्छौं, अरुको लगानी आमन्त्रण गर्न सक्छौं, अरुको अनुकूलता, हाम्रो अनुुुकूलता र आवश्यकता, प्राथमिकतामा अरुका लोनहरु पनि आवश्यकता अनुसार स्वीकार गर्न सक्छौं । जसरी होस् हाम्रो देशलाई फाइदा हुने, हाम्रो देशको शीघ्र विकास हुने कुरामा हाम्रो ध्यान जानेछ र गइरहेको पनि छ ।’

देशको विकास सम्भव रहेको भन्दै अहिले पनि युुवा जनशक्ति, स्रोत साधन र प्रयास गर्दै अगाडि बढ्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *