काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले छाडेर माओवादी रोज्नेहरुको लहर नै चलेको दाबी गरेका छन्। दाङको तुलसीपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै देशैभरि माओवादीप्रति आकर्षक बढेको जिकिर गरे।
उनले भने, ‘अहिले माओवादी प्रवेश गर्ने लहर नै चलेको छ। ७७ जिल्लाबाट, जताततैबाट तपाईं आइदिनुपर्यो हाम्रोमा एक हजार एमालेबाट पार्टी प्रवेशको तयारी भयो। अर्को ठाउँमा सिंगो पार्टी नै माओवादीमा आउने भयो तपाईं आइदिनुपर्यो भन्छन्। ठूला नेताहरु पनि पार्टीमा प्रवेश गर्दैछन्। त्यो सबैतिर भएका छन्।’
उनले केन्द्रीय कमिटीको बैठकबाट पार्टी एकताबद्ध भएको भन्दै सँगै बैठक बसेको एमालेमा उकुसमुकुस गरेको बताए।
उनले भने, ‘हाम्रो बैठक बसेकै बेलामा सरकारको नेतृत्व गरेको एमालेको पनि बैठक थियो। त्यहाँ कारवाही, रुवाबासी, भित्रभित्रै उकुसमुकुस, निरंकुशता, भीम रावल कारवाहीमा, विन्दा पाण्डे, उषाकिरण कारवाहीमा, उहाँहरुले अझै बढी बोल्यो भने थप कारवाही गर्छु भनेर ओलीले बोलेको सुन्नुभएकै होला।’
उनले माओवादी आन्दोलनबाट विभाजित भएका सबै पार्टीहरुलाई एकताबद्ध गर्ने अभियान सुरु गरेकाले छिट्टै सार्थक हुने बताए। उनले प्रतिपक्षहरुलाई एकताबद्ध भएर लोकतन्त्रका विरुद्ध कदम चाल्नेहरुप्रति उत्रिन लागेको बताए।

Leave a Reply