काठमाडौं । अनेरास्ववयिु (क्रान्तकिारी)मा अध्यक्षका ६ जना उम्मेदवारमध्ये एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै महासचिवका ९ जना उम्मेदवारमा एक जनाले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन समितिका अनुसार अध्यक्षका उम्मेदवार विश्वमणि थापा र महासचिवका उम्मेदवार गोविन्द बानियाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । अब अध्यक्षका लागि उपदेश यादव, योगेन्द्रबहादुर बुढा, विजयप्रकाश शर्मा सापकोटा, सुदिन पौडेल र हेमन्त राईबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै महासचिवका लागि तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामबहादुर मिजार, सञ्जयकुमार महतो र सञ्जिव फुँयालविच प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचन समितिले शुक्रवार बहिान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएकोमा उक्त समयमा अध्यक्षका एक र महासचिवका एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जानकारी दिए ।


Leave a Reply