युद्धकालमा ६ सदस्य गुमाएको चौधरी परिवारमा प्रचण्डको खाना

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाङ पुगेर सहिद परिवारको घरमा खाना खाएका छन्।

प्रचण्डसहित पूर्वमन्त्री रेखा शर्मासहितका नेताहरूले दाङको तुलसीपुर ८ बटोलपुरस्थित भगवती चौधरीको घरमा पुगेर खाना खाएका हुन्।

प्रचण्डसहित नेताहरूले सहिद परिवारले तयार गरेको थारु समुदायको परिकारसहित खाना खाएको प्रचण्ड सचिवालयले जनाएको छ।

युद्धकालमा चौधरीको यो परिवारले छ जना सदस्य गुमाएको थियो। उनले त्यसक्रममा माओवादीले ‘जनयुद्धमा उठाएको मुद्दा छाड्दा अहिले पार्टी कमजोर भएको बताए। उनले विगतका गल्तीको आत्म समीक्षा गर्दै जनयुद्धकालमा अगाडि सारेको माग र मुद्दा लिएर जनतामा फर्किएको बताए।

प्रचण्डले आज तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रचण्डले तुलसीपुरको सभापछि सहिदस्मृति आवासीय माविमा पुगेर सहिद सन्ततिसँग भेटघाट गर्ने र साँझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट तय भएको छ।

प्रचण्ड भोलि घोराही र देउखुरीमा हुने कार्यक्रमलाई सम्बोधन गरी काठमाडौँ फर्कने तय भएको छ।

Comments

3 responses to “युद्धकालमा ६ सदस्य गुमाएको चौधरी परिवारमा प्रचण्डको खाना”

  1. bharat kumar thapa Avatar

    सत्तामा रहुनजेल राज्यकोष र शक्ति परिवारलाई दिने सत्ताबाट च्युत भए पछि क्रान्ति र जनताको नाम भनाउने र संझने प्रचण्ड महान …..कार हुन।

  2. ksp pyl Avatar
    ksp pyl

    अझै पनि सोझा जनताको घरमा गएर लुटन छोडेको छैन प्रचण्डले । बथान गएर खाईदिए पछि वर्षदिन खान धौ धौ पर्नेको हालत के होला ? फेरि सरकारमा छउन्जेल यस्ता चौधरी कोही थाहा हुदैन प्रचण्ड एण्ड कम्पनिलाई । सरकारमा हुँदा त छोराछोरी, ज्वाइँ, बुहारी भाइ भतिज र भरौटेभन्दा अरूलाई चिन्दैनन प्रचण्ड । अहिले हेर नौटंकी । यस्तालाई राजनीतिबाट निमिट्यान्न पारौ जनता हो । फेरि विदेशीको निर्देशनमा नेपालमा खालि अस्थिरता सिर्जना गर्ने भन्दा अरू काम प्रचण्डको केही छैन । प्रचण्ड भनेको केवल विदेशीले नेपाल बिगार्न प्रयोग गरेको सिखण्डी हो ।

  3. ram badur Avatar
    ram badur

    खाना मात्रै खाए छन । कसाे बेराेजगारी भत्ता पनि मागेनछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *