काठमाडौं । चितवन महोत्सवमा स्काईवेलका पाँच वटा विद्युतीय गाडी बिक्री भएका छन् । जि मोटर्स प्रालिले मेलाबाट स्काईवेलको १.१५ करोड माथिको प्रिमियम इभी ईटी ५ डेलिभरी गरेको हो ।
जि मोटर्सका बिजनेस हेड युग प्रसाद रिमालले स्काईवेलको प्रिमियम इभी डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारस मणि गेलालले जानकारी दिए । चितवन महोत्सवमा जि मोटर्स स्काईवेल अटो तर्फको बेस्ट स्टल अवार्ड पनि प्राप्त गरेको उनले जानकारी दिएका छन् ।
‘यो माया एवम् ग्राहक सद्भावले हामी उत्साहित भएका छौँ । छिट्टै हाम्रा ग्राहकहरूको सुविधालाई ध्यान दिई सेल्स शोरुम एवम् सर्भिसको पूर्ण सुविधा उपलब्ध गराउने प्रतिबद्धता गर्दछौँ’, उनले भने ।
जि मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले चितवन महोत्सवमा उपलब्ध इभीमा स्काईवेल कै प्रिमियम र लङ्ग रेन्ज रोज्नुको कारण नेपालको बाटोमा १९७ यमयम ग्राउन्ड किल्यरेन्स भएको, सबैभन्दा बढी रेन्ज दिने र धेरै सुविधा सम्पन्न जिप त्यो पनि इभीमै प्राप्त र युरोपियन बजारमा अब्बल बिक्री रहेको गुणस्तरयुक्त भएको दाबी गरे ।
आगामी दिनमा हाम्रो यस प्रालिले चितवन क्षेत्रको बजारलाई मुख्य बजारको रूपमा लिएर अगाडी बढ्ने र सेल्स, शोरुम, सर्वेश र पार्ट चितवनका ग्राहकलाई सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता समेत उनले जनाए ।
उनका अनुसार हाल नेपालमा १४० वटा भन्दा बढी स्काईवेलका इटि५–६२० किमी प्रिमियम विद्युतीय यसयुभि बिक्री–वितरण भइसकेका छन् । चितवन महोत्सवमा ५ भन्दा बढी बुकिङ रहेको छ । ईटि५, बिई ११ मोडेलमा हाल कम्पनी सँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रिमियम यसयुभि बिक्रीका लागी उपलब्ध रहेका छन् ।

Leave a Reply