सामाजिक सन्जाल नियमनको कानुन अहिलेकै सदनबाट पास हुन्छ : सञ्चारमन्त्री गुरुङ (भिडिओ)

रुपन्देही । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले सामाजिक सन्जाल नियमन जरुरी रहेकोले सरकारले यसका लागि सदनमा विद्येयक लगेको बताएका छन् ।

प्रेस चौतारी रूपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा उनले सामाजिक सन्जालको गलत दुरुपयोगले सबैलाई अफ्ठेरो परेको बताए ।

‘सरकार र नेतालाई भन्दा बढी यसको दुरुपयोगले परेका समस्याको बारेमा वास्तविक पत्रकारहरुलाई अवगत छ, यसकै नियमनका लागि सरकारले विद्येयक ल्याएको हो, मैले त अत्यादेशबाटै यो विद्येयक ल्याऔं भनेको थिएँ तर नियमित प्रकृयामै लैजाने सल्लाह भयो’ उनले भने–‘चालु अधिवेशनमै यो विद्येयक सदनबाट पास हुन्छ ।’

मन्त्री गुरुङले राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुने बताएका छन् । उनले संविधान संशोधनको कुरा प्रतिपक्षले अनावश्यक प्रचार गरेको दाबी गरे ।

मन्त्री गुरुङ्गले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता परिवर्तन नहुने स्पष्ट पारे । उनले राजनीतिक स्थिरताको लागि संविधान संशोधन गर्न खोजिएको बताउँदै शुसासन कायम नगरेसम्म देशको विकास हुन नसक्ने धारणा राखे ।

मन्त्री गुरुङ्गले कानुनी शासन लागू नभए समस्याहरु थपिएको बताउँदै मुलुकमा शुसासन कायम गर्न १३ वटा पुराना कानुनलाई अध्यादेशमार्फत संशोधन गर्न खोजिएको जानकारी दिए । साथै, उनले राजनीतिक स्थिरता र संविधान रक्षाका लागि कांग्रेस र एमाले मिलेर वर्तमान सरकार बनेको उल्लेख गर्दै देशको तहसनहस भएको अर्थतन्त्र सुधार गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

उनले सरकार बनेदेखि विकासका कामले गति लिएको बताउँदै सत्तारूढ दलभित्र कुनै विमति नरहेको दावी गरे ।

‘सरकारविरुद्ध गठबन्धनमा एक प्रतिशत पनि समस्या छैन, कसैले सस्तो राजनीतिक प्रचार गर्नका लागि केही बोलेर हुने होइन, दुई पार्टीको मूल नेतृत्व गठबन्धनमा ढुक्क छ’, उनले भने, ‘दुई दलबीच भएको सहमति पूर्ण समय चल्छ ।’

सहकारी ठगीविरूद्व सरकार कडा तरिकाले लागिरहेको उहाँको भनाइ थियो । रूपन्देहीको देवदहमा मेला उद्घाटनमा आउनुभएका मन्त्री गुरूङ आजै काठमाडौं फर्कनुभएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *