केही दिनअघि सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहनबहादुर बस्नेतले केन्द्रमा जो सरकारमा भएपनि जिल्लाको सरकार आफैँ भएको दाबी गर्दै भाषण गरे । त्यसकारण जिल्लामा विकास गर्न आफूमात्र सक्षम भएको उनको भाषणको सार थियो ।
त्यसको केही लगत्तैपछि माओवादी सिन्धुपाल्चोकले जिल्लाका विभिन्न स्थानमा सरकारविरुद्ध खबरदारी सभा भन्दै कार्यकर्ता उतारेर कार्यक्रम गर्न थाले । मोहनबहादुर बस्नेतकै गृहनगर बाह्रबिसेमा त माओवादीहरूले जिल्लाभरका कार्यकर्ता उतारेर सरकार विरोधीसभा भनेर आयोजना गर्यो ।
सभामा अधिकांश वक्ताले आफ्नो नीति कार्यक्रम, जनताको समस्या समाधानको योजना भन्दा पनि मोहनबहादुर बस्नेतलाई नै गाली गर्न समय खर्च गरे । माओवादी उपाध्यक्ष अग्नी सापकोटादेखि उनका भतिज तथा सांसद माधव सापकोटा अनि तीनजना प्रदेश सांसदहरू जम्मा भएर आफैँले मत हालेर जिताएका मोहनबहादुरलाई गर्नुसम्म गाली गरे ।
सांसदले मुलुककै हितका लागि काम गर्नुपर्ने भए पनि सांसदको मुख्य भूमिका आफ्नो पार्टीलाई मात्र खुसी बनाउनु र आफू स्वेच्छाले हिँड्नुमा सीमित बन्न पुगेको सरोकारवालाहरूले बताएका छन् ।
सरकारविरोधी सभा भनेर ब्यानर राखिएको कार्यक्रममा बस्नेतले भने झैँ उनै सरकार भएजसरी वक्ताहरू बस्नेतविरुद्ध मात्र पड्किए । योसँगै अहिले सिन्धुपाल्चोकमा कांग्रेस र माओवादी कार्यकर्ताहरू सामाजिक सञ्जालमा दन्तबझान गरिरहेका छन् । एकले अर्कालाई गाली गर्न व्यस्त छन् ।
माउबाटै यो सम्मको हर्कत भएपछि बचेराहरू पनि दन्तबझानमा उत्रनु स्वाभाविक पनि हो भन्नेहरू चाहिँ एमाले कार्यकर्ताहरू छन् । सिन्धुपाल्चोकको राजनीतिलाई विचारधारा होइन बाहुबलको प्रतिस्पर्धामा लैजान विगतदेखि नै कांग्रेसका मोहन बस्नेत र माओवादीका नेताको योगदान उल्लेख्य छ ।
सीमा नाकाको व्यापारदेखि विकास आयोजनामा आँखा लगाउन पनि प्रतिस्पर्धै छ । एउटै गठबन्धनमा भोट साटासाट गरेर जितेका माननीयहरूबीच चलेको मौखिक काटाकाटले भौतिक द्वन्द्वको अवस्था नल्याओस् भन्ने अहिले एमालेहरूको चाहना देखिन्छ ।
यो दन्तबझानभित्र सिन्धुपाल्चोकमा अर्कै कथा छ । जसले सिन्धुपाल्चोकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र माओवादीका नेताहरूबीच तिक्तताको वातावरण तयार गरेको छ ।
कांग्रेस कार्यकर्ताहरूका अनुसार नेकपा एमाले र नेकपा माओवादीबीच चुनावी तालमेल भएको बेलामा नै मोहन बस्नेत र अग्नी सापकोटाबीच ठूलै वाकयुद्ध चलेको थियो । एकले अर्काको टाङ च्यातेर सिस्नोघारीमा फालिदिने जस्तो अपाच्य शब्द पनि त्यो बेला प्रयोग भएको थियो । अग्नी सापकोटाले बस्नेतलाई बिच्क्याएपछि बस्नेतले पनि उस्तै तरहको गाली गर्दै भाषण गरेका थिए ।
पछिल्लो समय भने एउटा सार्वजनिक कार्यक्रममा बाटो छेकेको कुराले यी दुईबीच कडा वाकयुद्ध भइरहेको छ । गत मंसिरको अन्त्यमा त्रिपुरासुन्दरी गाउँपालिकामा निर्माण भएको पुल उद्घाटन गर्न सांसद बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा खिचिएको तस्बिरमा देखिएअनुसार त्यहाँ नेकपा एमाले,राप्रपालगायतका स्थानीय नेता सहभागी थिए ।
मतदाता, नागरिकका आवाज संसद्को शून्य समय, विशेष समयसम्म पुग्यो र उहाँहरूको सुझाव विधेयकको संशोधनका रूपमा दर्ता भयो भनेर आफ्नो सार्वभौमिकतामा खुशी व्यक्त गर्ने वातावरण निर्माणमा एउटा पाइला राख्नुले नै गौरवान्वित बनाउन पर्ने हो तर, यहाँ त्यो पटक्कै देख्न पाइएको छैन ।
तर, सो कार्यक्रम बिथोल्न माओवादी नेताहरूले कार्यकर्ता परिचालन गरेका थिए । एउटा सांसद प्रमुख अतिथि बन्ने कार्यक्रम बिथोल्न माओवादी नेताहरूले रुखै ढालेर वाटो अवरुद्ध गरेको सिन्धुपाल्चोक कांग्रेसका नेता विमलप्रसाद पौडेल बताउँछन् । सांसद माधव सापकोटा र प्रदेशसभा सदस्य सरल सहयात्रीको निर्देशनमा मोहन बस्नेतले उद्घाटन गर्न लागेको कार्यक्रममा अवरोध गर्ने तथा आवतजावत गर्ने बाटोमा रुख ढाल्ने काम भएपछि लडाइँ अझै चर्केको स्थानीयहरूको बुझाइ छ ।
कार्यक्रमस्थलमा अवरोध गर्ने तथा रुख ढाल्ने काम गरेपछि सांसद बस्नेतले त्यही रुखमा राखेर गर्धन छिनाल्ने आसयको मन्तव्य दिएपछि माओवादीहरूले यसलाई थप ईस्यू बनाएका हुन् । अहिले गणतन्त्र आएको छ । वाक स्वतन्त्रता छ । सबैले आफ्नो कार्यक्रम गर्ने अवसर पाएका छन् । तर, अर्को दलले आयोजना गरेको कार्यक्रम बिथोल्न हुलका हुल कार्यकर्ता परिचालन गर्ने माओवादीको मण्डले शैलीका कारण आक्रामक बन्नु परेको कांग्रेस नेता मोहन बस्नेतका सहयोगी रामेश्वर आचार्य बताउँछन् ।
स्थानीय त्रिपुरासुन्दरी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सांसदलाई बोलाएर उद्घाटन गर्ने कार्यक्रम राखेको त्यहाँ सवै पार्टीका प्रतिनिधि पनि भएको तर, माओवादीले कार्यक्रम अवरुद्ध गर्न खोजेका कारण रुख ढाल्नेलाई त्यही रुखमा गर्धन राखिने अभिव्यक्ति दिएको कारण आफ्नो नेता सही भएको कांग्रेसी कार्यकर्ताको भनाई छ । त्यसो त सार्वजनिक कार्यक्रममा जाने मार्गमा रहेको जंगलको रुख काट्न लाउने माओवादीलाई जंगल फडानीको मुद्दासमेत लाग्ने कानूनका जानकारहरू बताउँछन् ।
यता माओवादीहरू भने अरुले बजेट ल्याएको पुल निर्माणको क्रम बाँकी हुँदै बस्नेतले उद्घाटन गरेर सस्तो लोकप्रियताको लागि राजनीति गरेको आरोप लगाउँछन् । प्रदेशसभा सदस्य सरलसहयात्री पौडेलले वाह्रबिसेमा भएको कार्यक्रममा यही बताए । बाह्रबिसेको भाषणमा उनले मोहन बस्नेतलाई तस्कर, गुण्डा, अपराधीलगायत कुनै शब्द बाँकी नराखी गाली गरे ।
पछिल्लो समय भने एउटा सार्वजनिक कार्यक्रममा बाटो छेकेको कुराले यी दुईबीच कडा वाकयुद्ध भइरहेको छ । गत मंसिरको अन्त्यमा त्रिपुरासुन्दरी गाउँपालिकामा निर्माण भएको पुल उद्घाटन गर्न सांसद बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा खिचिएको तस्बिरमा देखिएअनुसार त्यहाँ नेकपा एमाले,राप्रपालगायतका स्थानीय नेता सहभागी थिए ।
सरकारी अभिलेख अनुसार यो पुल निर्माणका लागि नेकपा ( एमाले) का नेता अरुण नेपाल यही प्रदेशवाट विजयी भएर मन्त्री भएका बेला रकम विनियोजन भएको थियो । जुन कुरालाई सरल सहयात्रीले बाह्रबिसेकै सभामा स्वीकार पनि गरेका छन् कि यो पुलका लागि बजेट अरुण नेपाल मन्त्री हुँदा राखिएको थियो ।
संघीय र प्रदेश सांसद जस्तो स्थानमा रहेका व्यक्तिहरू यो स्तरमा उत्रेर गालीगलौजमा लाग्नु भने दुर्भाग्य रहेको एमाले सिन्धुपाल्चोकका इञ्चार्ज सरेश नेपालको भनाइ छ । एमाले बाझाबाझमा भन्दा पनि विकास निर्माणमा लागेर सुखी नेपाली समृद्ध नेपालको अभियानमा हिँडेको नेपालको भनाइ थियो ।
सांसदलाई विकास निर्माणमा अगुवा बनाएका कारण पनि यो खालको समस्या आएको भन्ने राजनीतिक विश्लेषकहरू धेरै छन् । संघीय संसदजस्तो गरिमामय ठाउँमा आइपुगेका विधायकहरूले गत चुनावमा आफूले बाँडेका सम्भव/असम्भव आश्वासनहरू पूरा गर्ने व्यक्तिगत बाध्यता छ ।
तर, यही वैयक्तिक आधारमा नीति र कार्यक्रमहरू बनाउने वा आधुनिक नेपालका सांसदहरूले राष्ट्रको समग्र हितलाई हेरेर नयाँ मान्यता स्थापित गर्नेतर्फ लाग्ने ? कि एकले अर्कालाई गाली गर्ने र कार्यक्रम अवरुद्ध गर्न कार्यकर्ता उचाल्ने प्रश्न यहाँनेर रहेको वरिष्ठ अधिवक्ता वासुदेव ज्ञवाली बताउँछन् ।
उनका अनुसार एउटा सांसद कानूनसँग सम्बन्धित अध्ययन, संशोधन र छलफलका विषयमा रहनु पर्ने हो । विधेयकहरूको छलफल, सरोकारवाला र विज्ञहरूसँगको परामर्श, लक्षित वर्गको गुनासो र सुझाव संकलन, संशोधन दर्ता आदि प्रक्रियामा सहभागी हुनुपर्ने हो तर, सिन्धुपाल्चोकमा अनौठो देखियो । अरु ठाउँमा पनि यस्तो दृष्य देखिने गरेको उनको अनुमान छ ।
मतदाता, नागरिकका आवाज संसद्को शून्य समय, विशेष समयसम्म पुग्यो र उहाँहरूको सुझाव विधेयकको संशोधनका रूपमा दर्ता भयो भनेर आफ्नो सार्वभौमिकतामा खुशी व्यक्त गर्ने वातावरण निर्माणमा एउटा पाइला राख्नुले नै गौरवान्वित बनाउन पर्ने हो तर, यहाँ त्यो पटक्कै देख्न पाइएको छैन ।
विकासको काम सांसदले गर्नुपर्ने अवस्था यहाँ देखिन्छ । बाटोघाटो खानेपानी सिँचाइलगायत कामको विकास गरेमात्र जनता खुसी हुने गर्दछन्, त्यस्तोलाई भोट दिने गर्दछन् । सांसदले कस्तो कानून बनायो भनेर उनीहरूले खासै चासो दिँदैनन् । यस कुरामा परिवर्तन नआएसम्म सांसदका काममा परिवर्तन नआउने राजनीतिकका जानकार अधिवक्ता विजय पौडेल बताउँछन् ।
नेकपा एमाले र नेकपा माओवादीबीच चुनावी तालमेल भएको बेलामा नै मोहन बस्नेत र अग्नी सापकोटाबीच ठूलै वाकयुद्ध चलेको थियो । एकले अर्काको टाङ च्यातेर सिस्नोघारीमा फालिदिने जस्तो अपाच्य शब्द पनि त्यो बेला प्रयोग भएको थियो । अग्नी सापकोटाले बस्नेतलाई बिच्क्याएपछि बस्नेतले पनि उस्तै तरहको गाली गर्दै भाषण गरेका थिए ।
संसद्को काम प्रभावकारी बनाउन संसद्का बैठक, समितिका बैठकको निरन्तरता र सांसदको सक्रियताको आवश्यकता हुने भए पनि संसद्ले गर्नुपर्ने कानून निर्माणका कामभन्दा निर्वाचनमा आफ्नो सीट सुरक्षित राख्नैका लागि भए पनि जनतामाझ गएर गरेको आफूले गरेका विकासको काम देखाउन बढी रुचाउने गरेका कारण संसद्को नियमित काम भने प्रभावकारी देखिँदैन।
सांसदले मुलुककै हितका लागि काम गर्नुपर्ने भए पनि सांसदको मुख्य भूमिका आफ्नो पार्टीलाई मात्र खुसी बनाउनु र आफू स्वेच्छाले हिँड्नुमा सीमित बन्न पुगेको सरोकारवालाहरूले बताएका छन् ।
सांसद सदस्यले पालन गर्नुपर्ने नैतिकता तथा आचारसंहिताको सवालमा नेपालमा स्पष्ट कानूनी व्यवस्था छ । संघीय संसद्को नियमावली अर्थात् प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद २६ तथा राष्ट्रियसभा नियमावली, २०७५ को परिच्छेद २३ मा समेत यससम्बन्धी व्यवस्था रहेको छ ।
साथै सातै प्रदेशको प्रदेशसभाका नियमावलीमा समेत यससम्बन्धी व्यवस्थालाई प्राथमिकताका साथ राखिएको छ । यी नियमावलीमा मुख्य गरेर आफ्नो कर्तव्य निःस्वार्थरूपमा इमानदारीपूर्वक तथा वस्तुनिष्ठ भई उत्तरदायीपूर्ण रूपमा पालन गर्ने, बैठकसँग सम्बन्धित हरेक कामकारवाहीमा सार्वजनिक उद्देश्यलाई महत्वा दिने तथा निजी स्वार्थ र सार्वजनिक स्वार्थका बीच द्वन्द्व हुने स्थिति भएमा स्पष्ट रूपमा सार्वजनिक स्वार्थका लागि उभिनु पर्छ । तर, यस विषयमा सांसदहरू रुचि राख्दैनन् ।
सिन्धुपाल्चोकमा झैँ आफैँले भोट हालेर जिताएका फरक दलका सांसदलाई ढुंगा कुटीकुटी गाली गर्न व्यस्त देखिन्छन् । यो दृष्यले भने नेपाली राजनीतिमा गालीगलौज र आरोप-प्रत्यारोपको मात्र वर्चस्व रहेको बुझ्न सहयोग गरेको देखिन्छ । सिन्धुको राजनीति सङ्लो बनाउन कसले अगुवाइ गर्ने ?

Leave a Reply