२३ पालिकामा कनिष्ठ कर्मचारीलाई निमित्त प्रशासकीय अधिकृत बनाइएको खुलासा, जिम्मेवारी खोसियो

काठमाडौं । केही स्थानीय तहमा वरिष्ठ कर्मचारी हुँदा हुदैँ कनिष्ठलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएको पाइएपछि मन्त्रालयले जिम्मेवारीबाट हटाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न २३ स्थानीय तहमा आर्थिक तथा प्रशासनिक कमाण्ड सम्हालिरहेका कनिष्ठ कर्मचारीहरूको जिम्मेवारी खोसेको हो । जसमा १० नगरपालिका र १३ गाउँपालिका छन् ।

सबैभन्दा बढी धनुषा र हुम्लाका ३-३, महोत्तरी, बारा, सर्लाही, मुगु र अछामका २-२ स्थानीय तह रहेका छन् ।

मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हटाएसँगै त्यहाँ मन्त्रालयबाटै दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकेको अवस्थामा मन्त्रालयमा कार्यरत वरिष्ठ कर्मचारीलाई निमित्त दिएर खटाउने एक अधिकारीले बताए ।

कुन-कुन पालिकामा कसको जिम्मेवारी खोसियो ? (हेर्नुहोस् सूची)

Comments

One response to “२३ पालिकामा कनिष्ठ कर्मचारीलाई निमित्त प्रशासकीय अधिकृत बनाइएको खुलासा, जिम्मेवारी खोसियो”

  1. हरिहर Avatar
    हरिहर

    राणा शासनमा क्लास बनाएर प्रम लगायतका पद दिन्थे । अहिले कर्मचारीमा बरिष्ठताको कुनै अर्थ छैन । प्रशासन सेवाका कर्मचारी हुनु नै सबभन्दा ठूलो योग्यता मानिएको छ । स्थानीय तहका कर्मचारीको व्यवस्थापन गर्ने कानून बनाउने प्रदेश सरकार त्यही मात्र रहेका कर्मचारीले मात्र लड्न पाउने कानुन ल्याएका छन् । स्थानीय तहका कर्मचारीलाई प्रतिश्पर्धा गर्न नै नदिने कानुन बनाउने छुट कसले दियो ? स्थानीय तहका कर्मचारीलाई कार्यालय प्रमुख बन्न नदिने सधै कारिन्दा मात्र बनाउने कानुन बनाएर कर्मचारी कसरी अभिप्रेरित हुन्छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *