नेकपा एसका ओखलढुंगा जिल्ला अध्यक्ष वाग्ले कांग्रेसमा प्रवेश

काठमाडौं । नेकपा –एकीकृत समाजवादीका ओखलढुङ्गा जिल्ला अध्यक्ष हंसराज वाग्ले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । विहीवार सभापति शेरबहादुर देउवाको हातबाट टीका लगाएर वाग्ले कांग्रेस प्रवेश गरेका हुन् ।

नेकपा विभाजनका बेला कांग्रेस छाडेर प्रचण्ड- माधव पक्षीय नेकपामा लागेका वाग्ले नेकपा एसको संस्थापक जिल्ला अध्यक्ष थिए ।

समाजवादी खेलकुद महासंघको कोसी प्रदेश कमिटी संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्को कोशी प्रदेशको निवर्तमान सदस्य सचिव समेत रहेका वाग्ले उनी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष पनि हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *