कुमारी बैंकका ग्राहकले लुम्बिनी मेडिकल कलेजमा विशेष छुट पाउने

काठमाडौं । लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचार गर्ने कुमारी बैंकका ग्राहकहरुलाई विशेष छुट पाइने भएको छ । लुम्बिनी मेडिकल कलेज पाल्पा र कुमारी बैंकबीच यस्तो सम्झौता भएको हो ।

यस सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा ग्राहकहरूलाई ओ.पी.डी. टिकट तथा सामान्य बेड शुल्कमा २५%, आईसीयु, शल्यक्रिया तथा एक्स–रे/यु.एस.जी.मा १०%, र ल्याब टेस्टमा ५% सम्म छुट प्रदान गरिनेछ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग इकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *