उत्कृष्ट सेवा गरेको भन्दै भन्सार विभागका अधिकृत भट्टराईलाई चेम्बरको सम्मान

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका शाखा अधिकृत गोपाल प्रसाद भट्टराईलाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले शाखा अधिकृत भट्टराईलाई सम्मान गरेको हो ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले प्रमाणपत्र एवं अर्थ सचिव राम प्रसाद घिमिरेले दोसल्ला सहित शाखा अधिकृत भट्टराईलाई सम्मान गरे । भन्सार विभागमा उत्कृष्ट सेवा प्रवाह गरेकाले भट्टराईलाई ७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको चेम्बर अफ कमर्सले जनाएको छ ।

भन्सार विभागकै सिफारिसका आधारमा शाखा अधिकृत भट्टराइलाई सम्मान गरिएको चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले जानकारी दिए । भन्सार प्रशासनमा उत्कृष्ट सेवा गर्दै आएका कर्मचारीलाई भन्सार दिवसका अवसरमा चेम्बर अफ कमर्सले प्रत्येक वर्ष सम्मान गर्दै आएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *