राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव पूर्वसन्ध्यामा बाजागाजासहितको र्‍याली

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रभात फेरी कार्यक्रम गरेको छ । बैंकको ६० औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभात फेरीको आयोजना गरिएको हो ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुंगाना तथा प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नायव प्रमुख कार्यकारी अधिकृत, उप कार्यकारी अधिकृतलगायत बैंकका कर्मचारीहरू वित्तीय साक्षरता अंकित बैंकको लोगो अंकित प्लेकार्डसहित उपस्थित भएका थिए ।

बैंकको केन्द्रीय कार्यालयबाट सुरू प्रभात फेरी बाजागाजा र व्यानरसहित भद्रकाली, शहीदगेट, न्यूरोड गेट, रत्नपार्क, भद्रकाली हुँदै केन्द्रीय कार्यालयमै पुगेर समापन भएको थियो ।

विक्रम संवत् २०२२ माघ १० गते राष्ट्रिय वाणिज्य बैंकको स्थापना भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *