काठमाडौं । केन्द्रीय समिति बैठकका एजेन्डामाथि छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।
बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए ।
राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक माघ ११ र १२ गते काठमाडौंमा बस्दैछ । बैठक धुम्बाराहीस्थित एस।आर बैंक्वेटमा बिहान ११।०० बजेदेखि शुरु हुनेछ ।
बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढिकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी र समीक्षा लगायत विविध एजेन्डा र कार्य योजनामाथि छलफल हुनेछ।

Leave a Reply