च्याम्पियन्स लिगमा पिएसजीद्वारा सिटी पराजित 

हेटौँडा । युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ( पिएसजी) ले इङलिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।

पराजित भएसँगै सिटीले दोस्रो चरण पुग्नको लागि आफ्नो अन्तिम लिग चरणको खेल जित्नै पर्ने दबाब सृजना भएको छ ।

पेरिसमा भएको खेलमा सिटीले दुई गोलको अग्रता जोगाउन नसक्दा पिएसजीद्वारा ४(२ को हार बेहोर्नु परेको छ । सिटीको लागि ५० औँ मिनेटमा ज्याक ग्रेलीस र ५३ औँ मिनेटमा एर्निङ हाल्याण्डले गोल गर्दै सिटीलाई २(० को अग्रता दिलाएका थिए ।

तर ५६ औँ मिनेटमा ओस्मान डेम्बेले र ६० औँ मिनेटमा ब्राडली बारकोलाले गोल गरेपछि पिएसजी २(२ को बराबरीमा पुग्यो ।

त्यसपछि जोआओ नोभेसले ७३ औँ मिनेटमा गोल गरेपछि घरेलु टोलीले ३(२ को अग्रता निकाल्यो । खेलको इन्जुरी समयको तेस्रो मिनेटमा गोन्कालो रामोसले गोल गर्दै पिएसजीलाई ४(२ को जित दिलाए ।

जितपछि पिएसजी नकआउट चरणमा पुग्न सफल भएको छ भने सिटीले अन्तिम खेल कुर्नुपर्ने भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *