फेसबुकमा दलितलाई विभेदकारी टिप्पणी गर्ने शिक्षकलाई ३ महिना कैद र ३० हजार जरिवानाको फैसला

काठमाडौं । सामाजिक सञ्जाल फेसबुककमा विभेदपूर्ण टिप्पणी गर्ने शिक्षकलाई अदालतले ३ महिना कैद र ३० हजार जरिवाना गर्ने फैसला गरेको छ ।

बुधबार जिल्ला अदालत सुर्खेतका न्यायाधीश दीपक ढकालको एकल इजलासले जातीपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गरेको भन्दै दैलेखकको महावु गाउँपालिका ४ का तर्कबहादुर सिंहलाई ३ महिना कैद सजाय र ३० हजार जरिवाना तिराउने फैसला गरेको हो ।

समग्र दलित समुदायमाथी अपमान तथा विभेद गर्नेगरी सिंहले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गरेको भन्दै दलित अधिकारका लागि एकीकृत आन्दोलन नेपालका संयोजक गम्भिरसिंह भुलले गत साउन २२ गते जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर गरेकोमा बुधबार अदालतले उक्त फैसला गरेको जिल्ला अदालत सुर्खेतका श्रेष्तेदार निर्मलाकुमारी खड्काले नेपाल प्रेसलाई जानकारी दिईन । उक्त मुद्दामा भुलको तर्फबाट सरकारी वकिलसँगै अधिवक्ता मंगलसेन सार्कीले पनि बहस गरेका थिए ।

गत साउन २ मा कर्णाली प्रदेश सरकारका प्रमुखको निजी सचिवालयमा नियुक्ति भई कार्यरत कर्मचारीको विवरण उल्लेखित सूचना प्रकाशित भएको थियो ।

उक्त सूचना बिनोद बुढा नाम गरेका व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेकोमा दैलेखको महाबु गाउँपालिकाको गीताचौरस्थित नेपाल राष्ट्रिय माध्यामकि विद्यालयमा अंग्रेजी शिक्षकसमेत रहेका सिंहले टिप्पणी गरेका थिए । प्रदेश प्रमुखको सचिवालयमा कार्यरत कर्मचारीलाई जातीय भेदभाव गर्नेगरी ‘सबै डुम छन् त यार अरु कोही रहेनछन् त’ भन्दै टिप्पणी गरेका थिए ।

जातीय विभेद हुनेगरी सिंगो दलित समुदायको आत्मसम्मानलाई चोट पुर्याउने सामाजिक सदभाव भड्काउने कार्य गरेको भन्दै भुलले रिट निवेदन दायर गरेका थिए । रिट निवेदक एवम संयोजक भुलले सुर्खेत जिल्ला अदालतबाट सम्भव त पहिलोपटक दलित समुदायमाथी भइरहेको विभेद विरुद्धको मुद्दामा थोरै भए पनि दलित समुदायको पक्षमा फैसला गरेकोमा खुसी व्यक्त गरे । उनले सामाजिक सञ्जालमा जातीय विभेदपूर्ण टिप्पणी गर्नेलाई यस फैसलाले थोरै भए पनि पाठ सिकाएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *