काठमाडौं । सरकारले ऋण असुली पुनरावेदन न्यायाधिकरणको पुनरावेदन सुन्ने अधिकारीमा शेखरप्रसाद पौडेललाई नियुक्त गरेको छ । बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ को दफा ९ बमोजिम लिखु तामाकोशी गाउँपालिका ८ दुरागाउँ स्थायी घर भएका पौडेललाई सरकारले पुनरावेदन सुन्ने अधिकारी नियुक्त गरेको हो ।
बैंक तथा वित्तीय संस्थाको ऋण असुली नियमावली, २०५९ को नियम ३४ को उपनियम २ बमोजिम पौडेललाई उच्च अदालतका न्यायाधीशले पाए सरहरको पारिश्रमिक र सुविधा उपलब्ध गराइने अर्थ मन्त्रालयका राजस्व सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए ।
पौडेल उच्च अदालतबाट अवकाशप्रात्त न्यायाधीश हुन् ।

Leave a Reply