माइक्रोबसको ठक्करबाट युवकको मृत्यु

रुपन्देही । रुपन्देहीको तिलोत्तमा ६ मणिग्रामचोकदेखि पश्चिम गोरकटवा सोलार प्लान्ट नजिक माइक्रो बसको ठक्करबाट एक जना स्थानीय युवकको मृत्यु भएको छ ।

मृतक तिलोत्तमा ६ गोरकटवा निवासी अन्दाजी ४५ वर्षीय माधव गौतम रहेको प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको लु २ ख २४ नम्बरको माइक्रो बसले मङ्गलवार माधव सवार लु ९० प ४२०० नम्बरको स्कुटरलाई सोलार प्लान्ट नजिक ठक्कर दिई गम्भीर घाइते बनाएको र स्थानीय अस्पतालमा पुर्‍याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोस्ट गोरकट्टाका हवल्दार विष्णुप्रसाद भुसालका अनुसार माइक्रो चालक र सवारी इलाका प्रहरी कार्यालय बुटवलको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विभिन्न सामाजिक सघंसंंस्थामा आबद्ध मृतक गौतम रिभरसाइड युथ क्लबका सचिव तथा आनन्दवन सामुदायिक बनमा लेखा संयोजक पदमा कार्यरत थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *