च्याम्पियन्स लिग : लिभरपुलको अपराजित यात्रा कायमै

हेटौँडा। युरोपियन च्याम्पियन्स लिगको सातौँ चरणको खेल सकिँदासम्म लिभरपुलले आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

लिले विरुद्धको खेलमा च्याम्पियन्स लिगमा ५० औँ गोलको कीर्तिमान बनाउने क्रममा मोहमद सलाहले खेलको ३४ औँ मिनेटमा गोल गर्दै टिमलाई १-० को अग्रता दिए ।

तर खेलको ६२ औँ मिनेटमा लिलेको तर्फबाट जोनाथन डेभिड मार्फत गोल गर्दै टिमलाई बराबरीमा लगे । त्यसको पाँच मिनेटपछि लिभरपुलले गोल गर्‍यो । उसको लागि हार्बी इलियटले गोल गर्दै टिमलाई जित दिलाए ।

जितपछि सात खेलबाट २१ अङ्क सहित लिभरपुल पहिलो स्थानमा रहँदा १३ अङ्क सहित लिले १३ औँ स्थानमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *